Kathmandu Press

एमाले सांसदहरूले अवरुद्ध बनाए राष्ट्रियसभाको बैठक

एमालेका तत्कालीन १४ जना सांसदलाई संसदीय दलले दिएको सूचनाअनुसार सभामुख अग्निप्रसाद सापकोटाले बर्खास्त नगरेको बताउँदै उक्त पार्टीका सांसदहरूले संघीय संसदका दुवै सदनका बैठक अवरुद्ध बनाउँदै आएका छन् ।
एमाले सांसदहरूले अवरुद्ध बनाए राष्ट्रियसभाको बैठक

काठमाडौं, भदौ २८ : एमाले सांसदहरूले राष्ट्रियसभाको सोमबारको बैठक पनि अवरुद्ध गरेका छन् ।

एमालेका तत्कालीन १४ जना सांसदलाई संसदीय दलले दिएको सूचनाअनुसार सभामुख अग्निप्रसाद सापकोटाले बर्खास्त नगरेको बताउँदै उक्त पार्टीका सांसदहरूले संघीय संसदका दुवै सदनका बैठक अवरुद्ध बनाउँदै आएका छन् । सोमबार राष्ट्रियसभा बैठक पनि एमालेले अवरुद्ध गरेको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बैठक सुरु हुने घोषणा गर्नासाथ एमाले सांसदहरूले सिटबाट उठेर बैठक अवरुद्ध बनाएका हुन्।

प्रकाशित मिति: १३:१० बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्