Kathmandu Press

वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा भट्टराई

काठमाडौं, भदौ २७ : वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई सर्वसम्मतले चयन भएका छन् । समाजको आइतबार सम्पन्न १२ औ साधारणसभाले आगामी...
वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा भट्टराई

काठमाडौं, भदौ २७ : वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई सर्वसम्मतले चयन भएका छन् । समाजको आइतबार सम्पन्न १२ औ साधारणसभाले आगामी कार्यकालका लागि भट्टराईको अध्यक्षतामा सर्वसम्मतले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

रोजगार मिडियामा आवद्ध भट्टराई यसअघि समाजको बरिष्ठ उपाध्यक्ष थिए । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे (रेडियो कान्तिपुर), उपाध्यक्षमा रेशमराज पौडेल (मध्यान्ह दैनिक), महासचिवमा केशव भूल (नेपाल प्रेस), सचिवमा निर्मला घिमिरे (सेतोपाटी), कोषाध्यक्षमा मनुका कुँवर (रेडियो नेपाल) रहेका छन् । 

त्यसैगरी सदस्यहरुमा अरिश्मा मोक्तान (क्लिकमाण्डु), अमिर लामा (आर्थिक प्लस), प्रविन राउत (आर्थिक दैनिक) र सुरेन्द्र बजगाई (उकेरा)चयन भएका छन भने सल्लाहकारहरुमा मदन कुमार श्रेष्ठ, रुद्र खडका, मधुजंग पाण्डे, रामजी बगाले र घनश्याम आचार्य चयन भएका छन । कार्यक्रममा समाजद्धारा प्रकाशित स्मारिका ‘श्रम तथा आप्रवासन, कोभिडपछि अवको बाटो’समेत विमोचन गरिएको थियो । 

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथिका तथा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिरहेको यर्थाथताकाबीच अधिकांश नेपाली रहरले नभई वाध्यताले वैदेशिक रोजगारीमा जानुपरेको र अब ती नेपालीको सुरक्षाबारे सबै पक्षको ध्यान जान जरुरी रहेको बताए । 
 

प्रकाशित मिति: १९:०९ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्