Kathmandu Press

संसद् अवरोध हटाउन सभामुखको पहल, सोमबारलाई बोलाए शीर्ष नेताको बैठक

संघीय संसदमा एमाले सांसदहरूले जारी राखेको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले पहलकदमी लिएका छन्।
संसद् अवरोध हटाउन सभामुखको पहल, सोमबारलाई बोलाए शीर्ष नेताको बैठक

काठमाडौं, भदौ २७ : संघीय संसदमा एमाले सांसदहरूले जारी राखेको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले पहलकदमी लिएका छन् ।

सभामुख सापकोटाले सोमबारका लागि संघीय संसदमा उपस्थित सबै दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । २३ भदौदेखि सुरु भएको संघीय संसदको नवौँ अधिवेशनमा एमाले सांसदहरूले निरन्तर अवरोध गर्दै आएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत १४ सांसदको पद खारेज हुनुपर्ने एमाले सांसदहरूको माग रहँदै आएको छ । यस्तै, एमाले विभाजनका लागि सभामुख सापकोटाको समेत भूमिका देखिएको उनीहरूको आरोप छ ।

संसदको गतिरोध अन्त्यका लागि सोमबार साढे दुई बजेका लागि शीर्ष नेताहरूको बैठक बोलाइएको हो ।

आइतबार पनि सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरीलगायतसँग गतिरोध अन्त्य गर्नेबारे छलफल गरेका थिए । छलफलमा न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।

प्रकाशित मिति: १५:५३ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्