Kathmandu Press

नेपाल र बंगलादेशबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदै

काठमाडौं, भदौ २७ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको छ।नेपाली टोलीले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा...
नेपाल र बंगलादेशबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदै
Hardik ivfHardik ivf

काठमाडौं, भदौ २७ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको छ।

नेपाली टोलीले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल अपराह्न ५ बजे हुने नेपाल फुटबल संघले जनाएको छ।

एएफसी महिला एसियन कप २०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ। बिहीबार भएको पहिलो खेलमा नेपालले २ १ को जित निकालेको थियो।

एएफसी महिला एसियन कप २०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ। छनोटमा नेपाल समूह एफमा रहेको छ।

नेपालको समूहमा फिलिपिन्स र हङकङ छन्। उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुआत गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल असोज २ गते हुनेछ।

त्यस्तै, दोस्रो खेल हङकङसँग असोज ५ गते हुनेछ। यस समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुने भएको छ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुँदै छ।

 

प्रकाशित मिति: ०७:३२ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्