Kathmandu Press

पीएनजीलाई नेपालले दियो २३४ रनको लक्ष्य 

काठमाडौं, भदौ २५ : नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनि (पीएनजी) सँग दोस्रो एकदिवसीयमा क्रिकेटमा २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।ओमानको अल...
पीएनजीलाई नेपालले दियो २३४ रनको लक्ष्य 

काठमाडौं, भदौ २५ : नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनि (पीएनजी) सँग दोस्रो एकदिवसीयमा क्रिकेटमा २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल इमिरेट क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाएर २३३ रन बनाएको हो ।

नेपालका लागि रोहित कुमार पौड्यलले ८६ रनको अर्धशतकीय खेले । त्यस्तै ज्ञानेन्द्र मल्ल ४५ रन बनाए भने करण केसीले ४२ रन जोडे । बलिङतर्फ पीएनजीका लागि छाड सोपरले सर्वाधिक ३ विकेट, काबुआ मोरेआ र नोरमान भानुवाले समान दुई–दुई विकेट लिए ।

पहिलो एकदिवसीयमा कठिन जित हात पारेको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । बुधबार भएको पहिलो एकदिवसीयमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो ।

लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल अमेरिकासँग यही भदौ २८ गते खेल्नेछ। दोस्रो खेल ओमानसँग भदौ २९ गते खेल्ने तय भएको छ।

यस्तै नेपालले तेस्रो खेल अमेरिकासँग आगामी असोज १ गते तथा अन्तिम खेल ओमानसँग असोज ३ गते खेल्नेछ।
 

प्रकाशित मिति: २०:०९ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्