Kathmandu Press

संघीय संसद बैठक सुरु, एमाले सांसदद्वारा सदन अवरुद्ध

संघीय संसदका दुवै सदनका बैठक सुरु भएका छन् । एमाले सांसदहरूले सदन बैठक अवरुद्ध बनाएका छन् ।
संघीय संसद बैठक सुरु, एमाले सांसदद्वारा सदन अवरुद्ध

काठमाडौं, भदौ २५ : संघीय संसदका दुवै सदनका बैठक सुरु भएका छन् । एमाले सांसदहरूले सदन बैठक अवरुद्ध बनाएका छन् ।

पार्टी संसदीय दलले बर्खास्त गर्ने सूचना दिएका एमालेका तत्कालीन १४ जना सांसदलाई पदबाट नहटाएसम्म सदनका बैठक चल्न नदिने निर्णय एमालेले गरेको छ ।

गत बुधबार सुरु भएको संघीय संसदको नवौँ अधिवेशनको सुरुमै एमाले सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सदनमै चर्को नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए । शुक्रबार पनि एमालेले सभामुखविरुद्ध नाराबाजी गर्दै सदन बैठक अवरुद्ध गरेको हो ।

प्रकाशित मिति: १३:१६ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्