Kathmandu Press

८० लाखको लगानीमा मैतिदेवीमा साथीमार्टको ७६ औँ आउटलेट

काठमाडौं, भदौ २३ : सुरु भएको एक बर्ष नपुग्दै देशैभर फैलिएर नेपालकै ठुलो रिटेल चेन बन्न सफल साथीमार्टले काठमाडौको केन्द्र मैतिदेवीमा ७६ औँ...
८० लाखको लगानीमा मैतिदेवीमा साथीमार्टको ७६ औँ आउटलेट

काठमाडौं, भदौ २३ : सुरु भएको एक बर्ष नपुग्दै देशैभर फैलिएर नेपालकै ठुलो रिटेल चेन बन्न सफल साथीमार्टले काठमाडौको केन्द्र मैतिदेवीमा ७६ औँ आउटलेट सन्चालनमा ल्याएको छ ।

नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुबिधा सहित आएको साथीमार्टको मैतिदेवी आउटलेट फेन्चाइज नभइ साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्व (कोको मोडल) मा रहने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए ।

आउटलेट काठमाडौंको मध्य क्षेत्रमा रहेकोले ब्रान्ड भ्यालु तथा स्टोरको बिक्रीमा समेत साकरात्मक प्रभाब पर्ने पोख्रेलको अपेक्षा छ । उपभोक्ताले साथीमार्टको आधिकारिक वेबसाइट (WWW.SAATHIMART.COM) मा आफुलाई आवस्यक सामान रोजेर अर्डर गरि घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

स्टोरमा ग्राहकले ३५ प्रतिशत सम्मको आकर्षक छुट फल्यास सेल, डिल अफ द मन्थ जस्ता अफर गरि ग्राहकलाई सहुलियत दिइने बताइएको छ। ब्रान्ड अफ द मन्थ, मेड इन नेपाल कलेक्सन मार्टको थप बिषेशता रहने छन् । साथीमार्टका आफ्नै उत्पादन पनि बिशेष छुटमा मार्टमा खरिद गर्न सकिनेछ । होम डेलीभरी, पिक अप, अफीलीएट समेतको सुबिधा नयाँ आउटलेटमा उपलब्ध हुनेछ । करिब ८० लाखको लगानीमा सुरु गरिएको पोख्रेलले जानकारी दिए ।

आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, पेट फुड, इलेक्ट्रोनिक्स लगायतका सामान बिशेष छुटमा उपलब्ध छन् । एफीलीएट योजन समेत सुरु हुने भएकाले केही महिनामै काठमाडौंका हजरौ युवाले स्वरोजगार हुने मौका पाउने संस्थापक सिइओ सागर पोख्रेलले बताए ।

प्रकाशित मिति: १९:२५ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्