Kathmandu Press

मृत अवस्थामा भेटियो डमरु

चितवन, भदौ २३ : चितवन राष्ट्रिय निकुञ्जमा एक डमरु मृत अवस्थामा भेटिएको छ। निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत ढुङगरे खोलामा तीन महिनाको पाटे बाघको...
मृत अवस्थामा भेटियो डमरु
सांकेतिक तस्बिर

चितवन, भदौ २३ : चितवन राष्ट्रिय निकुञ्जमा एक डमरु मृत अवस्थामा भेटिएको छ। निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत ढुङगरे खोलामा तीन महिनाको पाटे बाघको बच्चा मृत अवस्थामा भेटिएको हो।

कार्यालयका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार डममरु माउसँग छुट्टिएर भोकै भएर मरेको प्रारम्भिक अनुमान गरिएको छ। मृत भेटिएको डमरुको पोष्टमार्टम गरी थप परीक्षणका लागि नमुना भेटेनरी शाखा पठाइएको छ।

आर्थिक वर्ष २०७८्/७९ मा मृत भेटिएको यो पहिलो बाघ हो। निकुञ्जमा सन् २०१८ को गणनाअनुसार ९३ वटा वयस्क बाघ छन्।

प्रकाशित मिति: १४:१९ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्