Kathmandu Press

नेकपा (एकीकृत समाजवादी)का सांसद उपस्थित भए प्रतिनिधिसभा बैठक चल्न नदिने ओलीको घोषणा

संघीय संसदमा प्रमुख प्रतिपक्षी दल एमालेले नवगठित नेकपा (एकीकृत समाजवादी)विरुद्ध निषेधको राजनीति अगाडि बढाउने संकेत गरेको छ ।
नेकपा (एकीकृत समाजवादी)का सांसद उपस्थित भए प्रतिनिधिसभा बैठक चल्न नदिने ओलीको घोषणा

काठमाडौं, भदौ २३ : संघीय संसदमा प्रमुख प्रतिपक्षी दल एमालेले नवगठित नेकपा (एकीकृत समाजवादी)विरुद्ध निषेधको राजनीति अगाडि बढाउने संकेत गरेको छ ।

एमाले अध्यक्ष केपी ओलीले बुधबार सुरु हुने संघीय संसद बैठकमा उक्त पार्टीका सांसदहरू उपस्थित भएमा बैठक चल्न नदिने बताएका हुन् ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले एकीकृत समाजवादीका सांसदहरूलाई एमालेले कारवाही गरेर पदबाट बर्खास्त गरेको दाबी गर्दै उनीहरू उपस्थित भए संसद बैठक चल्न नदिने बताए ।

प्रतिनिधिसभा नियमावलीले संसदमा गैरसांसद उपस्थित नहुने स्पष्ट गरेको उनको तर्क थियो ।

एमाले संसदीय दल बैठकमा सांसदहरूले एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका छन् । र, संशोधनपछि मात्र एमसीसी पारित गर्नुपर्ने धारणा राखे ।

महिला सांसदहरूलाई तीजको शुभकामना दिँदै ओलीले आज र भोलि दर खान आग्रह गरे ।

प्रकाशित मिति: १२:५७ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्