Kathmandu Press

करेन्ट लागेर एकजनाको मृत्यु 

रुपन्देही, भदौ २३ : करेन्ट लागेर रुपन्देहीमा एकजनाको मृत्यु भएको छ।सियारी गाउँपालिका-१ पौवागाउँमा रहेको बुस्टर दाना कम्पनीको लागि सोयाबिन लोड गरी जाँदै गरेको...
करेन्ट लागेर एकजनाको मृत्यु 
Hardik ivfHardik ivf

रुपन्देही, भदौ २३ : करेन्ट लागेर रुपन्देहीमा एकजनाको मृत्यु भएको छ।

सियारी गाउँपालिका-१ पौवागाउँमा रहेको बुस्टर दाना कम्पनीको लागि सोयाबिन लोड गरी जाँदै गरेको ना८ख १५५५ नम्बरको ट्रकमा करेन्ट लागेर सोही ट्रकका सहचालक धादिङ नौबिसे गाउँपालिका-२ खानिखोला बस्ने ३० वर्षीय रिजन मगरातीको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएके छ। 

सडकमा झुन्डिएका विद्युतका तारहरु बाँसको डन्डाले उठाउँदै अगाडि बढ्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिटी हस्पिटल भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो।

ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ। 

प्रकाशित मिति: १२:३४ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्