Kathmandu Press

गण्डकीमा थपिए १४८ जना कोरोना संक्रमित 

काठमाडौं, भदौ २२ : गण्डकी प्रदेशमा थप १४८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।पछिल्लो २४ घण्टामा ९४१ जनाको नमुना परीक्षण गरिएकोमा १४८...
गण्डकीमा थपिए १४८ जना कोरोना संक्रमित 

काठमाडौं, भदौ २२ : गण्डकी प्रदेशमा थप १४८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ९४१ जनाको नमुना परीक्षण गरिएकोमा १४८ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये ७० महिला र ७८ जना पुरुष रहेका छन् ।  प्रदेश स्वास्थ्य आपत्कालिन कार्यसञ्चालन केन्द्रका अनुसार कास्की ९०, बागलुङ ७, स्याङ्जा १४, म्यादी ८, पर्वत २, लमजुङ ८ , तनहुँमा ११ र नवलपुरमा ८ जनामा सङ्क्रमण देखिएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ८२ हजार ८२९ पुगेको छ । प्रदेशमा लमजुङ मध्य नेपाल नगरपालिका –१० का ३५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३१६ पुगेको छ । यस्तै प्रदेशमा पछिल्लो २४ घण्टामा ३०४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै गण्डकीमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७९ हजार ३६१ पुगेको छ ।

 त्यसैगरी गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार १५२  पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: १९:०३ बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्