Kathmandu Press

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाइन्छ त !

शैक्षिक प्रमाणपत्र धितो राखेर अहिलेसम्म एक सय ४० जनाले ६ करोड ३७ लाख रुपैयाँ सहुुलियत कर्जा लिएका छन् । तर शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाइन्छ भन्ने धेरैलाई थाहा छैन । थाहा हुनेलाई पनि प्रक्रिया थाहा छैन । 
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाइन्छ त !

काठमाडाैं, भदाै २२ :

‘तिमीले त केही जागिर गर्दै पढेको भए नि हुन्थ्यो यार !’ एक युवाले भने, ‘बिए पास गरेका छौ । आफूू पो एसएसली मात्रै भइयो र !’

‘भनेजस्तो सजिलो छ र जागिर खान !’  

केही दिनअघि दुुई युवा बानेश्वरदेखि रत्नपार्क आउँदै थिए, सार्वजनिक बसमा । उनीहरू वैदेशिक रोजगारीमा जानका लागि काठमाडौं आएका रहेछन् । 

उनीहरूको कुरा सुनेपछि मैले भनेँ, ‘सरकारले रिन दिन्छ नि ! तपाईंलाई थाहा छैन ?’

स्नातक गरेका युवक बोले, ‘त्यो सर्टिफिकेट राखेर दिनेवाला ?’
‘हो, त्यही ।’

‘ए, त्यो त पाउनै गाह्रो छ रे । मैले सुनेको– बैंकले के के कागज मागेर हैरान गर्छ रे । फेरि पार्टीको मान्छे हुनुपर्ला !’

अर्का युवकले सोधे, ‘हामीजस्तो एसएलसी मात्रैले नि पाइन्छ र ?’

‘पाइन्छ, सरकारले कार्यविधि (सहुुलियतपूूर्ण कर्जाका लागि अनुदानसम्बन्धी एकीकृत कार्यविधि– २०७५) ल्याएको छ, त्यसमा सात प्रकारका कर्जा दिने उल्लेख छ, जसमा १० लाखदेखि पाँच करोडसम्मको कर्जा पाइन्छ,’ मैले भनेँ । 

उनीहरू दुवै अलमलमा परे । 

                                                              ०००

राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलका अनुसार, अहिलेसम्म शैक्षिक प्रमाणपत्र धितो राखेर एक सय ४० जनाले ६ करोड ३७ लाख रुपैयाँ सहुुलियत कर्जा लिएका छन् । तर शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाइन्छ भन्ने धेरैलाई थाहा छैन । थाहा हुनेलाई पनि प्रक्रिया थाहा छैन । 

एकीकृत कार्यविधि अनुुसार सात शीर्षकमा कर्जा दिने व्यवस्था छ– 

क) व्यावसायिक कृषि तथा पशुुपन्छी कर्जा पाँच करोड रुपैयाँसम्म । 

ख) शिक्षित युवा स्वरोजगार कर्जा सात लाख रुपैयाँसम्म । 

ग) विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख रुपैयाँसम्म । 

घ) महिला उद्यमशील कर्जा १५ लाख रुपैयाँसम्म । 

ङ) दलित समुुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँसम्म ।

च) उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा पाँच लाख रुपैयाँसम्म । 

छ)  भूूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा तीन लाख रुपैयाँसम्म ।

झट्ट हेर्दा यीमध्ये (ख)को व्यवस्थामै बढी ऋण लिनुपर्ने हो, किनभने पढेलेखेकाले नै सरकारी नियम–प्रक्रिया बुुझ्न सक्छन् । सूूचना अधिकारी पोखरेल भन्छन्, ‘सुुविधा लिन आउने व्यक्तिले प्रस्ट प्रतिवेदन तयार पारेका हुुँदैनन्, उनीहरूमाथि विश्वास गर्न नसकिने हुँदा सुविधा पाउँदैनन् ।’ 

उनका अनुसार, शैक्षिक प्रमाणपत्र मात्र धितो राख्ने भएकाले बैंंकले ऋण दिन डराउँछन् । त्यस्तै, कतिपयले रकम थोरै भएका कारण लिन कर्जा लिन नचाहने उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाले धितो नै खोज्ने, विश्वास नगर्ने भएकाले योजना सफल हुन नसकेको देखिन्छ । 

सात लाखसम्म दिइने शिक्षित युवा स्वरोजगार कर्जामा पाँच प्रतिशत ब्याज सेवाग्राहीलाई अनुुदान स्वरूप दिइन्छ । तर, धेरैले रकम नै अनुदान हो भनी बुझेको पाइन्छ, त्यसो होइन । पाँच प्रतिशत ब्याज अनुुदान भए पनि अरु बाँकी ब्याज कर्जा लिने व्यक्तिले नै तिर्नुुपर्छ । ऋण भुुक्तानीका लागि पाँच वर्षको समय दिइन्छ ।

राष्ट्र बैंकले शिक्षित युवा स्वरोजगार कर्जा सम्बन्धमा ११ असोज २०७५ मै सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको थियो । 

‘यस्तो कर्जामा कर्जाको ब्याजबाहेक अन्य कुनै पनि प्रकारको थप सेवा शुल्क बैंकले लिन नपाउने नियम छ,’ पोखरेलले भने, ‘बैंकले थप सेवा शुल्क सेवाग्राहीले बुझाउनुपर्ने माग राखेका छन्, जुन अहिले छलफलको क्रममा छ ।’

सरकारले शैक्षिक प्रमाणपत्र धितो राख्नेलाई २५ लाख रुपैयाँसम्म ऋण दिने योजना बनाएको तर कार्यान्वयन भइनसकेको सूूचना अधिकारी पोखरेलले जानकारी दिए । 

योग्यता एवं सर्त

शिक्षित युवा स्वरोजगार कर्जा पाउन न्यूूनतम योग्यता एवं सर्त पूूरा गरेको हुनुपर्छ : 

१) कम्तीमा स्नातक तह उत्तीर्ण भएको र ४० वर्ष उमेर ननाघेको । 

२) विदेशी विश्वविद्यालयबाट शौक्षिक योग्यता हासिल गरेकाको हकमा नेपालको कुनै विश्वविद्यालयबाट समकक्षता सम्बन्धमा प्रकाशित सार्वजनिक सूचीमा निजले अध्ययन गरेको विश्वविद्यालय समावेश भएको । 

३) घरेलुु तथा साना उद्योग कार्यालय/समिति, सीप विकास तालिम केन्द्र, 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् लगायतका सरकारी निकायबाट कम्तीमा ७ दिनको उद्यम वा व्यवसाय गर्ने सीप विकास तालिम अनिवार्य रूपमा लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा सीप तालिम लिएको प्रमाण पेस गरेको । 

४) उद्यम सञ्चालन तथा कर्जा उपयोगसम्बन्धी संक्षिप्त प्रस्ताव ।

व्यवसाय तथा उद्यम

शिक्षित युवा स्वरोजगार कर्जा देहायका व्यवसाय तथा उद्यमका लागि प्रवाह हुनेछ । 

१) कृषि व्यवसाय (उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण) ।

क) खाद्यान्न, नगदेबाली, तरकारी, फलफूूल तथा जडीबुुटी :

– धान, गहुँ, मकै, कोदो, जौ, केराउ, चना, भटमास आदि ।

– चिया, अलैंची, सूूठो, सुपारी, नरिवल, कपास, अल्लो, अम्रिसो, बाबियो, उखुु, रबर, अदुवा, बेसार, सूूर्यमुुखी मरीच जस्ता मसला आदि । 

– लसुुन, प्याज, आलुु, काउली, बन्दा, परबल, कुरिलो, भन्टा, चम्सुुर, पालुुंगो, रायो, ब्रोकाउली, गोलभेंडा, च्याउ, बोडी, सिमी, फर्सी, गाजर, मुुला, खुुर्सानी, पिँडालुु, इसकुुस, धनियाँ, तरुल, घिरौंला आदि ।

– आँप, सुन्तला, स्याउ, अनार, दारिम, अम्बा, कागती, निबुवा, भोगटे, ज्यामीर, लप्सी, लिची, कटहर, भुुइँकटहर, अंगुुर, हलुवाबेद, मेवा, केरा, खुुर्पानी, बयर, सतीबयर, अमला, विभिन्न किसिमका फूूलखेती  (टिस्यूूकल्चर, बीउ तथा बेर्ना उत्पादन समेत) आदि । 

– नेपाल सरकारको सम्बन्धित निकाय वा जडीबूूटी उत्पादन वा प्रशोधन कम्पनीले तोकेका सबै किसिमका जडीबूूटी उत्पादन (प्रचलित कानूूनले बन्देज लगाएका बाहेक) आदि । 

(ख) पशुुपन्छीपालन : 

–गाई, गोरु, भैंसी, राँगो, बंगुर, सुुँगुुर, खरायो, चौँरी, याक, नाक, भेडा, बाख्रा, थुमा, खसी, बाच्छा–बाच्छी, पाडा–पाडी, घोडा, गधा, खच्चर र आर्थिक उपार्जनका लागि पालिने अन्य पशुुहरू। 

– कुुखुुरा, हाँस, परेवा, लौकाट, बट्टांई र आर्थिक उपार्जन गर्नका लागि पालिने अन्य पन्क्षीहरू । 

–व्यावसायिक  रूपले गरिएको मत्स्यपालन, मौरीपालन, रेशम कीरा पालन आदि । 

(ग) सिँचाई तथा सिंचाई उपकरण : 

– कृषि उत्पादन वृद्धि गर्न सघाउ पृ¥याउने गरी कृषकले एक्लै वा सामूूहिक रूपमा निर्माण गर्ने कुुलो, नहर, नल, हातेनल, क्याप्टिभ, जेनेरेटर, स्प्रिंकलर, पम्पसेट, रोअर पम्प आदि । 

घ) कृषि औजार वा संयन्त्र :

– थ्रेसर, ग्रिंडर, आधुुनिक हलो, कुुटो, कोदालो, कोदाली, हँसिया, खुुर्पा, खन्ती, टयाक्टर, टे«लर आदि । 

(ङ) वन विकास तथा चरण विकास : 

– नर्सरी स्थापना र विकास, निजी, एवं सामुुदायिक वृक्षारोपण, वन विकासका लागि प्रयोग हुुने मलखाद, कृषि वन प्रणालीको विकास र विस्तार, चरन विकास आदि । 

च) जग्गा विकास र भू–संरक्षण :

 – जमिन सुधार, तार–बार, जाली, पर्खाल आदि । 

(छ) प्रचलित कानुुनले बन्देज गरिएका बाहेकका अन्य कृषि उत्पादन तथा कृषिजन्य व्यवसाय । 

२) उद्योग व्यवसाय :

– हाते एवं खुुट्टे तान, अर्धस्वचालित तान, वार्पिङ, रंगाई, छपाई, सिलाई, बुुनाई, राडी, पाखी, ऊनी गलैंचा, पश्मिना, ऊनी पोशाक, सिकर्मी कार्य, काठबाट कलात्मक वस्तुु, निर्माण गर्ने कार्य, बेत, बाँस र निगालोका सामान तयार गर्ने कार्य, प्राकृतिक रेशाबाट विभिन्न वस्तुुहरूको निर्माण कार्य, हाते कागज, उत्पादन, सुन चाँदी, तामा, पित्तल, फलाम, जस्ता धातुुको कार्य, गहना एवं मूूर्ति बनाउने कार्य, मह, चिउरी, अलैंची एवं चिया प्रशोधन कार्य, सेरामिक्स एवं कुुमालेको पेसागत कार्य, छालासम्बन्धी पेसागत कार्य र ट्यानिङ छाला, हाड, सिङ तथा ढुंगाबाट तयार हुुने वस्तुुहरूको उत्पादन, चित्रकला, कागजबाट बनेका सामान, धुुप, पुुतली, खेलौना र प्रचलित औद्योगिक व्यवसाय एनले परम्परागत घरेलुु उद्योग भनी परिभाषा गरेका सम्पूूर्ण उद्योग । 

(३) सेवा व्यवसाय : 

 (क) स्वास्थ्य सम्बन्धी सेवा व्यवसाय : 

– स्वास्थ्य परीक्षण प्रयोगशाला प्राकृतिक तथा आयुुर्वेद चिकित्सा केन्द्र आदि सञ्चालन, शिशु स्याहार केन्द्र, औषधी पसल । 

(ख)  पशुुपक्षीसम्बन्धी चिकित्सा व्यवसाय : 

– पशुु चिकित्सासम्बन्धी स्वास्थ्य परीक्षण तथा औषधि पसल, पशुु आहारा खरिद बिक्री आदि 

(ग) कृषि एवं औद्योगिक उत्पादन वृद्धिमा सघाउ पुर्‍याउने सेवा व्यवसाय :

– कृषि सामाग्री, बेचबिखन, कृषि उपज बेच बिखन, औद्योगिक कच्चा पदार्थको खरिद बिक्री आदि । 

(घ) सीप एवं स्वरोजगारमूलक  व्यवसायहरू : 

– फोटोकपी, कम्प्युुटर सञ्चालन, मर्मतशाला (टेम्पो, बस, मिनीबस, माइक्रोबस, ट्रक, मिनीट्रक, डेलिभरी भ्यान, कार, जिप, रिक्सा, रेडियो, फोटोकपी, कम्प्युुटर, टिभी, टेलिफोन, घडी आदि ।) सिलाई, बुुनाई, केश शृंगार, सिकर्मी, डकर्मीको सेवा, दैनिक उपभोगका सामान खरिद बिक्री, पुुस्तक, स्टेसनरी एवं अन्य शौंक्षिक सामग्रीको खरिद, चिया तथा चमेना पसल, घरजग्गाको नक्सा तयार गर्ने, मूूल्यांकन गर्ने, कानूूनी सेवा, अनुुसन्धान, परामर्श, खानेपानी वितरण र सरसफाईसँग सम्बद्ध व्यवसाय नेपाली तथा राष्ट्रिय भाषामा चलचित्र निर्माण तथा प्रदर्शन, बाल–उद्यान, खेलकुुद आदि । 

(ङ) पर्यटन सम्बन्धी व्यवसाय : 

–होटल, मोटेल, रेस्टुुरेन्ट, ट्राभल एजेन्सी, ट्रेकिङ  र्‍याफटिङ आदि । 

च) सञ्चार सम्बन्धी व्यवसायहरू :

– टेलिफोन, फ्याक्स, ई–मेल–इन्टरनेट, भिडियो कन्फरेन्सिङ आदि । 

छ) यातायात सेवा सम्बन्धी व्यवसाय : 

– रिक्सा, ठेलगाडा, एक्का (घोडासहित) आदि । 

ज) प्रचलित औद्योगिक व्यवसाय सम्बन्धी कानूनले तोकेका अन्य सेवामूलक व्यवसायहरू

४) अन्य व्यवसाय : 

–मूूल्य अभिवृद्धि हुने व्यवसाय : (जस्तै रेडियो, घडि, टेलिभिजन, कम्प्यूूटर, आधुुनिक वत्ती, टर्च, लाइटर, इम्ब्राइडरी, तयारी पोशाक आदि) । 

– सूूचना प्राविधि : कम्प्युुटर सफ्टवेयर एवं हार्डवेयर सम्बन्धी व्यवसाय । 

– विविध : खुुद्रा पसल, आवास निर्माण, सौर्य बत्ती, धारा वाथरुम तथा शौचालय निर्माण । 

– प्रचलित कानूूनले बन्देज लगाए बाहेक अन्य व्यवसायहरू । 

प्रकाशित मिति: ०९:३० बजे, मंगलबार, भदौ २२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्