Kathmandu Press

सोमबार काठमाडौं मात्रै १२१ मिलिमिटर वर्षा, थप तीन दिन वर्षा र बाढीको उच्च जोखिम

काठमाडौं मात्रै सोमबार एक सय २१ मिलिमिटर वर्षा भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वर्षामापन केन्द्रमा सोमबार बिहान ८ः४५ मा एक सय २१ मिलिमिटर मापन गरिएको हो।
सोमबार काठमाडौं मात्रै १२१ मिलिमिटर वर्षा, थप तीन दिन वर्षा र बाढीको उच्च जोखिम

काठमाडौं भदौ २१ : काठमाडौं मात्रै सोमबार एक सय २१ मिलिमिटर वर्षा भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वर्षामापन केन्द्रमा सोमबार बिहान ८ः४५ मा एक सय २१ मिलिमिटर मापन गरिएको हो । सोही केन्द्रमा बिहान ६ बजे १०५ मिलिमिटर वर्षा मापन भएको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा सोमबार बिहान भारी वर्षा भएको छ । बूढानीलकण्ठमा ७८.६ मिलिमिटर, सुन्दरीजलमा ८६.२, बबरमहलमा ७९.६, स्युचाटारमा ८५.२, कलंकीआसपास ८५.२, मनमैजुमाु एक सय दशमलव ६ मिलिमिटर वर्षा भएको मौसमविद् मीनकुुमार अर्यालले जानकारी दिए ।

‘उपत्यकानजिक नगरकोटमा १२ घण्टाको रेकर्ड हेर्दा एक सय २२ दशमलव ६ मिलिमिटर वर्षा भएको छ,’ मौसमविदले अर्यालले भने, ‘विभिन्न स्थानको मापनअनुुसार उपत्यकामा ठूलो वर्षा भएको मान्न सकिन्छ ।’

उनका  अनुुसार सोमबारदेखि बुधबारसम्म (२१–२३ भदौ) निरन्तर वर्षा नभए पनि केही समय चर्को घाम लाग्ने र वर्षा हुुने क्रम चलिरहन अनुमान छ । ‘मंगलबार साँझदेखि वर्षा न्यूून रहे पनि बुुधवारसम्म विभिन्न क्षेत्रमा वर्षा हुुन्छ,’ मौसमविद् अर्यालले भने ।

हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश–१, प्रदेश–२, वागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको उनले जानकारी दिए ।

तीन दिनसम्म कहाँ-कहाँ वर्षा ?

२१ भदौ (सोमबार)

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश–१, वागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको रहेको महाशाखाको बुुलेटिनमा उल्लेख छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै  र प्रदेश–१, वागमती र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको बुुलेटिनमा उल्लेख छ ।

२२ भदौ (मंगलबार)

महाशाखाका अनुुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै र प्रदेश–१, वागमती र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

राति देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

२३ भदौ (बुधबार)

दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ ।

तीन दिनसम्म वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको मौसमविद् अर्यालले बताए ।

वर्षापछिको बाढीसँगै घरभित्र पसेको पानी र बालुवा पन्छाउँदै काठमाडौंवासी

प्रकाशित मिति: १३:०२ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्