Kathmandu Press

तस्बिरमा नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल

आसन्न साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि नेपाल र भारतबीच मैत्रीपूर्ण खेल भएको हो। पहिलो मैत्रीपूर्ण खेल १–१को बराबरीमा सकिएको थियो।
तस्बिरमा नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल

काठमाडाैं, भदाै २०ः भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल २–१ले पारजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६२औं मिनेटमा भारतका फाहरुखले गोल गर्दै टिमलाई अग्रता दिलाए । ८०औं मिनेटमा कप्तान सुनिलले काउन्टर अट्याकमा गोल गरेपछि भारतको दोब्बर भयो।

८७औं मिनेटमा नेपालले गोल फार्कायो । नेपालका तेज तामाङले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै नेपाललाई २–१को अवस्थामा ल्याएका थिए। त्यसपछि खेलमा कुनै गोल नहुँदा भारत २–१ले विजयी भयो।

आसन्न साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि नेपाल र भारतबीच मैत्रीपूर्ण खेल भएको हो। पहिलो मैत्रीपूर्ण खेल १–१को बराबरीमा सकिएको थियो।

प्रकाशित मिति: २०:४९ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्