Kathmandu Press

नेपाली महिला फुटबल टिमले बंगलादेशसँग सेप्टेम्बर ९ र १२ मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं, भदौ २० : एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल...
नेपाली महिला फुटबल टिमले बंगलादेशसँग सेप्टेम्बर ९ र १२ मैत्रीपूर्ण खेल खेल्ने
Hardik ivfHardik ivf

काठमाडौं, भदौ २० : एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपालले अगामी सेप्टेम्बर ९ र १२ मा मैत्रीपूर्ण खेल खेल्ने छ। दुवै खेल दशरथ रंगशालामा हुने छ।

मैत्रीपूर्ण खेलका बंगलादेशको टिम सेप्टेम्बर ६मा काठमाडौं आइपुग्ने एन्फाले जनाएको छ। एन्फाले सो खेलका लागि टिकट मूल्य २ सय र ५ सय तोकेको छ। टिकट प्रभु पेबाट काट्न किन्न सकिनेछ।

एएफसी महिला एसियान कप छनोटमा नेपाल समूह एफमा छ। यो समूहमा नेपाल, फिलिपिन्स र हङकङ छन्। उज्वेकिस्तानमा हुने छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग सेप्टेम्बर १८मा खेल्ने छ। नेपालले छनोटको दोस्रो खेल हङकङसँग सेप्टेम्बर २१ मा खेल्ने छ।

प्रकाशित मिति: १४:३१ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्