Kathmandu Press

विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिना विजयी

काठमाडाैं, भदाै १८ : सन् २०२२ को कतार विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिना विजयी भएका छन् । शुक्रबार राति भएको खेलमा...
विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिना विजयी

काठमाडाैं, भदाै १८ : सन् २०२२ को कतार विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिना विजयी भएका छन् । बिहीबार राति भएको खेलमा ब्राजिलले चिलीलाई १–०ले हराउँदा अर्जेन्टिनाले भेनेजुएलामाथि ३–१को जित निकाल्यो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एभर्टन रिबेइरोले ६४औं मिनेटमा गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाए । नेमारले प्रहार गरेको बल चिलीका किपरले रोकेर रिबाउन्ड भएको बलमा एभर्टनले गोल गरेका थिए । उनी दोस्रो हाफमा भिनिसियस जुनियरको स्थानमा मैदा प्रवेश गरेका थिए।

यसैगरी अर्को खेलमा अर्जेन्टिनाले भेनेजुएलामाथि ३–१को सहज जित निकाल्यो। अर्जेन्टिनाको जितमा एन्जल कोरेअ, लाउटारो मार्टिनेज र जोअक्विन कोरेआले गोल गरे भने भेनेजुएलाका यफेर्सन सोटेल्डोे गोल गरेका थिए।

खेलमा ३२औं मिनेटमै भेनेजुएला १० खेलाडीमा समेटिएको थियो। उसका एड्रियन लुइस मार्टिनेजले रातो कार्ड पाएका थिए। त्यसपछि भेनेजुएला दबाबमा परेको थियो।

पहिलो हफाको इन्जुरी समयमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ७१औं मिनेटमा जोअक्विन कोरेआ र ७४औं मिनेटमा एन्जल कोरेअले गोल गरेपछि अर्जेन्टिनाले ३–०को अग्रता लियो ।

दोस्रो हाफको इन्जुरी समयमा भेजुएलाले गोल फर्कायो । इन्जुरी समयको चौो मिनेटमा पेनाल्टीमा सोटेल्डोले गोल गरेका थिए।

यस्तै, बिहीबार राति नै भएका अन्य खेलमा  इक्वेडरले पाराग्वेमाथि २–०को जित निकाल्दा कोलिभिया र कोलम्बिया तथा पेरु र उरुग्वेले समान १–१ गोलको बराबरी खेले।

विश्वकपको दक्षिण अमरिकी छनोटमा ब्राजिलको यो लागतार सातौं जित हो । सतप्रतिशत जित निकालेको ब्राजिल ७ खेलमा २१ अंकसहित ब्राजिल शीर्ष स्थानमा छ । ७ खेलमा ४ जित र ३ बराबरीसहित अपराजित रहेको अर्जेन्टिना १५ अंकसहित दोस्रो स्थानमा छ भने इक्वेडर १२ अंकसहित तेस्रो, उरुग्वे ९ अंकसहित चौथो र ९ अंक नै जोेडेको कोलम्बिया पाँचौ स्थानमा छ  । चिनी ६ अंकसहित ७औं स्थानमा छ भने भेनेजुएला ४ अंकसहित पुछारमा छ।

 

प्रकाशित मिति: १०:२० बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्