Kathmandu Press

तस्बिरमा नेपाल भर्सेस भारतकाे खेल

बिहीबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि अन्जन विष्टले खेलको ३६औं मिनेटमा गोल गरेका थिए भने भारतका अनिरुद थापाले ६०औं मिनेटमा गोल गरेका थिए।
तस्बिरमा नेपाल भर्सेस भारतकाे खेल

काठमाडाैं, भदाै १७ : नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको छ। बिहीबार साँझ दशरथ रंगशालामा भएको खेलमा सुरुआतमा लिएको अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिएको हो।

नेपालका लागि अन्जन विष्टले खेलको ३६औं मिनेटमा गोल गरेका थिए भने भारतका अनिरुद थापाले ६०औं मिनेटमा गोल गरेका थिए।

नेपाल र भारतबीचको खेल हेर्न दरशथ रंगशालामा ५ हजार बढी दर्शक उपस्थित थिए। कोरोनाका कारण सरकारले रंगशालामा ५ हजार १ सय दर्शकलाईमात्र उपस्थित हुन अनुमति दिएको थियो।

साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतबीच आइतबार दोस्रो मैत्रीपूर्ण खेल हुने छ।

प्रकाशित मिति: २१:२७ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्