Kathmandu Press

भैरहवाले भित्र्यायो श्रीलंकन खेलाडी चण्डिमलको स्थानमा थरंगा

काठमाडौं, भदौ १७ : नेपालको सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम भैरहवा ग्लाडियटर्सले श्रीलंकन विकेटकिपर ब्याट्सम्यान दिनेश चण्डीमलको स्थानमा अर्का...
भैरहवाले भित्र्यायो श्रीलंकन खेलाडी चण्डिमलको स्थानमा थरंगा

काठमाडौं, भदौ १७ : नेपालको सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम भैरहवा ग्लाडियटर्सले श्रीलंकन विकेटकिपर ब्याट्सम्यान दिनेश चण्डीमलको स्थानमा अर्का श्रीलंकन विकेटपिकर ब्याट्सम्यान उपुल थरंगालाई अनुबन्धन गरेको छ।

चण्डीमल इपिएल खेल्न नेपाल आउन नसक्ने भएपछि भैरहवाले श्रीलंकाका पूर्वकप्तान थरंगालाई अनुबन्धन गरेको हो। चण्डीमललाई भैरहवाले ३ साताअघि नै अनुबन्धन गरेको थियो, तर श्रीलंकोको राष्ट्रिय टिममा उनको पुनरागमन भएपछि चण्डमीमलले इपिएल खेल्न नसक्ने भएका हुन्।

क्रिकेट बोर्डसँग सम्बन्ध चिसिएपछि ३६ वर्षिय थरंगाले ५ महिना अगाडिमात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए। थरंगाले श्रीलंकाबाट ३१ टेस्ट, २३५ एकदिवसीय र २६ टि–२० खेलेका छन्।

टि–२०मा उनले ४०७ रन बनाएका छन् भने एकदिवसीयमा १५ शतक र ३७ अर्धशतकसहित ६९५१ रन बनाएका छन्। उलने टेस्टमा ३ शतक र ८ अर्धशतकसहित २७५४ रन बनाएका छन्। 

आगामी असोज ९ गतेदेखि कीर्तिपुस्थित टियू मैदानमा सुरु हुने चौथो संस्करणको इपिएलका लािग भैरहवाले मुख्य प्रशिक्षकमा पुबुदु दसानायेकेलाई नियुक्त गरेको छ। भैरहवामा शरद भेषावकर, आरिफ शेख, रोहितकुमार पौडेल, अभिनाश बोहरा, कुशल मल्ल, प्रदीप ऐरी, भुवन कार्की, अनिल खरेललगायत खेलाडी छन्।

प्रकाशित मिति: १६:२० बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्