Kathmandu Press

नेपालको टी-२० वरीयता खस्कियो

काठमाडौं, भदौ १७ : नेपाली राष्ट्रिय क्रिकेट टिमको टी-२० वरियता खस्किएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) को नयाँ वरीयताअनुसार नेपाल टी-२० वरीयतामा एक...
नेपालको टी-२० वरीयता खस्कियो

काठमाडौं, भदौ १७ : नेपाली राष्ट्रिय क्रिकेट टिमको टी-२० वरियता खस्किएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) को नयाँ वरीयताअनुसार नेपाल टी-२० वरीयतामा एक स्थान तल झर्दै १३औं स्थानमा आइपुगेको छ।

यसअघि नेपाल टी-२० वरियतामा १२औं स्थानमा थियो। एकदिवसीय वरीयतामा भने नेपाल १६औं स्थानमा छ। वैशाख पहिलो साता त्रिदेशी कप खेलेयता नेपाली टिमले कुनै पनि खेल खेलेको छैन।

टी-२० वरीयतामा इंग्ल्यान्ड शीर्ष स्थानमा रहँदा भारत दोस्रो, पाकिस्तान तेस्रो, न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छ। अस्ट्रेलिया छैटौं, अफगानिस्तान सातौं, वेस्टइन्डिज आठौं, श्रीलंका नवौं र बंगलादेश दसौं स्थानमा छ।

प्रकाशित मिति: १३:४० बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्