Kathmandu Press

बालिका र किशोरी बलात्कार आरोपमा दुई किशोर पक्राउ 

काठमाडौं, भदौ १३ : म्याग्दीकी १५ वर्षीया किशोरी र कञ्चनपुरकी १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। म्याग्दीकी १५ वर्षीया...
बालिका र किशोरी बलात्कार आरोपमा दुई किशोर पक्राउ 

काठमाडौं, भदौ १३ : म्याग्दीकी १५ वर्षीया किशोरी र कञ्चनपुरकी १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। 

म्याग्दीकी १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका–५ बस्ने १५ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

ती किशोरीलाई भदौ २ देखि १२ गतेसम्म वेनी बजारस्थित होटल शिखर र होटल डल्फिनमा लगि ती किशोरले पटकपटक जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

कञ्चनपुरकी १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा लालझाडी गाउँपालिका–४ जाँई बस्ने १६ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

ती बालिकालाई ती किशोरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झलारी र अस्थाई प्रहरी पोष्ट बन्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 
 

प्रकाशित मिति: १३:३७ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्