Kathmandu Press

कालीमाटी तरकारी बजारमा ‘ड्रेस कोड’ संकेत

कालीमाटी तरकारी तथा फलफूल विकास समितिले तरकारी बजारका  मजदुर र ढुुवानीकर्तालाई ‘ड्रेस कोड’ संकेत वितरण गरेको छ ।
कालीमाटी तरकारी बजारमा ‘ड्रेस कोड’ संकेत
Hardik ivfHardik ivf

काठमाडौं, भदौ ११ : कालीमाटी तरकारी तथा फलफूल विकास समितिले तरकारी बजारका  मजदुर र ढुुवानीकर्तालाई ‘ड्रेस कोड’ संकेत वितरण गरेको छ ।

‘ड्रेस कोड’ संकेतअन्तर्गत मजदुर र ढुवानीकर्तालाई ‘ब्याच’ वितरण गरिएको छ । गत बुधबार एक औपचारिक कार्यक्रममार्फत ब्याच वितरण सुरु गरिएको समितिका प्रवक्ता विनय श्रेष्ठले काठमाडौं प्रेसलाई जानकारी दिए ।

बजारभित्र समितिको अनुमति बिना जो कोही पनि मजदुरी र ढुवानीकर्ताका रूपमा सक्रिय हुन थालेपछि ब्याचको व्यवस्था गरिएको उनले बताए । बजारभित्र मजदुर र ढुुवानीकर्ताको पहिचानका लागि उक्त कदम प्रभावकारी हुने विश्वास समितिको छ ।

समितिबाट अनुमतिप्राप्त करिब एक हजार मजदुर र ढुुवानीकर्ताले क्रमशः आफ्ना संकेत कोड लिन थालेको प्रवक्ता श्रेष्ठले जनाए । तरकारी बजारका व्यापारीहरूलाई पनि सोही प्रकारको कोड वितरण गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: १७:२७ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्