Kathmandu Press

आयातको उच्च स्थानमा पेट्रोलियम पदार्थ, निर्यातमा तेलजन्य पदार्थ 

काठमाडौं, भदौ ११ : नेपालमा सबैभन्दा धेरै आयात हुने सामग्रीको उच्च स्थानमा पेट्रोलियम पदार्थ रहेको छ। विभागले सार्वजनिक गरेको एक महिनाको तथ्याङ्कअनुसार आयात...
आयातको उच्च स्थानमा पेट्रोलियम पदार्थ, निर्यातमा तेलजन्य पदार्थ 

काठमाडौं, भदौ ११ : नेपालमा सबैभन्दा धेरै आयात हुने सामग्रीको उच्च स्थानमा पेट्रोलियम पदार्थ रहेको छ। विभागले सार्वजनिक गरेको एक महिनाको तथ्याङ्कअनुसार आयात हुने सामग्रीको उच्च स्थानमा पेट्रोलियम पदार्थ रहेको हो।

चालु आर्थिक वर्षको सुरुको एक महिनामा १८ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थको आयात भएको तथ्याङ्कमा उल्लेख छ।

निर्यातको पहिलो स्थानमा तेलजन्य पदार्थ रहेको छ। नेपालमा तेस्रो देशबाट तेलका लागि आवश्यक कच्चा पदार्थ आयात गरी नेपालमा प्रशोधन गरी पुनः तेस्रो मुलुक पठाउने गरिएको छ। एक महिनामा नेपालबाट ११ अर्ब ९३ करोड बढीको तेलजन्य वस्तुको निर्यात गरिएको छ।

एक महिनाका अवधिमा १०२ देशबाट रु एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको छ। तथ्याङ्कअनुसार एक महिनाको अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ।

भारतबाट रु ८९ अर्ब ४८ करोड ६३ हजार बराबरको आयात भएको छ  भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ। चीनबाट एक महिनामा रु २० अर्ब ९७ करोड ६६ लाख बराबरको आयात भएको छ।

एक महिनाको अवधिमा भारतमा रु १६ अर्ब ८३ करोड ६९ लाख र चीनमा ८ करोडबराबरको निर्यात भएको छ।

प्रकाशित मिति: १६:०२ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्