Kathmandu Press

आर्थिक वर्षको पहिलो महिनामै डेढ १ खर्ब बढीको आयात

काठमाडौं, भदौ ११ : चालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्ब बढीको आयात गरिएको छ।भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको चालू आव (२०७८/७९)...
आर्थिक वर्षको पहिलो महिनामै डेढ १ खर्ब बढीको आयात

काठमाडौं, भदौ ११ : चालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्ब बढीको आयात गरिएको छ।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको चालू आव (२०७८/७९) को पहिलो महिनाको तथ्याङ्कअनुसार रु एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो।

गत आव २०७७/०७८ को पहिलो एक महिना ८५ अर्ब ८० करोड ७९ लाख बराबरको आयात गरिएको थियो। सो अवधिका तुलनामा चालू आवमा ७५.६६ प्रतिशतले आयातमा वृद्धि भएको हो।

यस्तै चालू आवको पहिलो एक महिनामा २० अर्ब ७६ करोड ५१ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ। अन्य आवका तुलनामा चालू आवको एक महिनामा निर्यातमा उच्चरुपमा वृद्धि भएको हो।

गत आवको सोही अवधिमा रु नौ अर्ब ६२ करोड बराबरका स्वदेशी सामग्री निर्यात गरिएको थियो । तथ्याङ्कअनुसार गत वर्षको तुलनामा निर्यात् ११५.८५ प्रतिशतले बढेको हो ।

गत आव २०७७/७८ को पहिलो एक महिनाको तुलनामा चालू आवको पहिलो एक महिनामा निर्यातसँगै आयातमासमेत वृद्धि भएको छ। त्यस्तैगरी नेपालले साउनमा मात्रै रु एक खर्ब २९ अर्ब ९६ करोड ६६ लाख बराबरको व्यापार घाटा बेहोरेको छ।

गत वर्षको सोही अवधिमा रु ७६ अर्ब १८ करोड ७९ लाख बराबरको व्यापार घाटा बेहोरेको थियो। गत वर्षको तुलनामा चालू आवमा ७०.५९ प्रतिशतले व्यापार घाटा बढेको हो।

प्रकाशित मिति: १५:५४ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्