Kathmandu Press

च्याम्पियन्स लिग ड्रः पिएसजी र सिटी तथा चेल्सी र युभेन्टस एउटै समूहमा

काठमाडाैं, भदाै ११ : युइएफले च्याम्पियन्स लिग समूह चरणको ड्र सार्वजनिक गरेको छ। बिहीबार राति सार्वजनि भएको ड्रमा ठूला टिमहरू म्यान्चेस्टर सिटी र...
च्याम्पियन्स लिग ड्रः पिएसजी र सिटी तथा चेल्सी र युभेन्टस एउटै समूहमा

काठमाडाैं, भदाै ११ : युइएफले च्याम्पियन्स लिग समूह चरणको ड्र सार्वजनिक गरेको छ। बिहीबार राति सार्वजनि भएको ड्रमा ठूला टिमहरू म्यान्चेस्टर सिटी र पिएसजी तथा चेल्सी र युभेन्टस एउटै समूहमा परेका छन्।

यसपटकको ड्रमा ग्रुप ए र बी तुलनात्मक रुपमा कठिन देखिएका छन्। ग्रुप एमा गत सिजनको उपविजेता म्यानचेस्टर सिटीसँगै यसपटक च्याम्पियन्स लिग जित्ने मिसनमा लागेको पिएसजी परेको छ। यही समूहमा जर्मन टिम आरबी लाइपजिग र बेल्जियन प्रो लिगको क्लब ब्रुग्गे पनि छन्।

यसैगरी समूह बीमा ला लिगा च्याम्पियन एट्लेटिको मड्रिडसँगै युरोपको पावरहाउस लिभरपुल रहेको छ। यही समूहमा इटालियन जाइन्ट एसी मिलान र पोर्चुगलको जाइन्ट किलर टिम पोर्टो पनि सोही समूहमा छन्।

यसैगरी समूह सीमा पोर्चुगलको स्पोर्टिङ क्लब, जर्मनीको डर्टमन्ड, नेदरल्यान्ड्सको आयाक्स र टर्किस क्लब बेसिक्टास छन्। च्याम्पियन्स लिगको समूह डीमा इटालियन सिरी ‘ए’को च्याम्पियन इन्टर मिलान र च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब रियल मड्रिड आमनेसामने हुनेभएका छन्। सो समूहमा युक्रेनको सख्तर डोनेस्क र मोल्डोभियन लिगको सेरिफ तिरास्पोल पनि रहेका छन्।

यस्तै, समूह ईमा जर्मनीको च्याम्पियन बायर्न म्युनिख र स्पेनिस जाइन्ट बार्सिलोनासँगै पोर्चुगलको बेन्फिका र युक्रेनको डाइनामो किभ छन् भने समूह एफमा युरोपा लिग च्याम्पियन भिल्लारियलसँगै उपविजेता म्यानचेस्टर युनाइटेड, इटालीको एट्लान्टा र स्विस लिगको योङ ब्वाइज परेका छन्।

यसैगरी, समूह जीमा फ्रेन्च लिगको लिल, ला लिगाको सेभिया, अष्ट्रियन बुन्डेसलिगाको साल्जबर्ग र जर्मनीको बुन्डेसलिगाको वुल्फ्सबर्ग परेका छन्। अन्तिम समूह एचमा डिफेन्डिङ च्याम्पियन चेल्सी र इटालीको सर्वाधिक सफल क्लब युभेन्टर पर्दा रुसको जेनिट र स्विडेनको सर्वाधिक सफल क्लब माल्मो रहेका छन्।

प्रकाशित मिति: १०:४४ बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्