Kathmandu Press

बन्द प्रशिक्षणबाट बाहिरिए अभिषेक, शिशिर र अर्पण

काठमाडौं, भदौ ८ : नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट तीन खेलाडी बाहिरिएका छन्। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले स्ट्राकइर अभिषेक रिजाल, शिशिर लेखी र गोलपिकर...
बन्द प्रशिक्षणबाट बाहिरिए अभिषेक, शिशिर र अर्पण

काठमाडौं, भदौ ८ : नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट तीन खेलाडी बाहिरिएका छन्। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले स्ट्राकइर अभिषेक रिजाल, शिशिर लेखी र गोलपिकर अर्पण कार्कीलाई बाहिर राख्दै २५ सदस्यीय टिम छनोट गरेका छन्।

नेपाली राष्ट्रिष्य टिमले भारतविरुद्धको २ मैत्रीपूर्ण खेल र आसन्न साफ च्याम्पियनसिपका लािग दुईसातदेखि पोखरामा बन्द प्रशिक्षण गरिरहेको छ। 

तीन खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिएपछि अब टिममा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा र कमल थापा रहेका छन्। 

यस्तै, टिममा नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, आयुष घलान र आशिष लामा छन्।

साफ च्याम्पियनसिप मादिल्भ्समा १ अक्टोबरदेखि १६ अक्टोबरसम्म आयोजना हुनेछ। नेपालले १ अक्टोबरमा अयोाजक माल्दिभ्स, ४ अक्टोबरमा श्रीलंका, १० अक्टोबरमा भारत र बंगलादेशसँग १३ अक्टोबरमा खेल्नेछ।

कोरोनाका कारण पाकिस्तान र भुटान सहभागी नभएपछि प्रतियोगितामा ५ टिम मात्र सहभागी छन् । प्रतियोगिताको फाइनल १६ अक्टोबरमा हुने छ। 

साफ च्याम्पियनसिपअघि नेपालले आगामी भदौ १७ र २० गते भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ। खेल दशरथरंगशालामा हुनेछ।

प्रकाशित मिति: १७:४७ बजे, मंगलबार, भदौ ८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्