Kathmandu Press

एसियन कप छनोटनका लागि नेपाली महिला टिमको घोषणा 

काठमाडौं, भदौ ८ : आसन्न एएफसी महिला एसियन कपको छनोट प्रतियोगिताका लागि नेपाली महिला फुटबल टिमको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एसियन...
एसियन कप छनोटनका लागि नेपाली महिला टिमको घोषणा 

काठमाडौं, भदौ ८ : आसन्न एएफसी महिला एसियन कपको छनोट प्रतियोगिताका लागि नेपाली महिला फुटबल टिमको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एसियन कप छनोटका लागि बुधबार २३ सदस्यीय महिला टिम घोषणा गरेका हुन्।

बन्द प्रशिक्षमा रहेका २८ सदस्यबाट फिलिप्सले एसियन कप छनोटका लागि २३ सदस्यीय टिम घोषणा गरेका हुन्। फिलिप्सले घोषणा गरेको टिममा अनिता बस्नेत,  अनिता केसी, सरु लिम्बु, अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ र अमृता जैशी छन्।

यस्तै, विमला विक, विमला चौधरी, दीपा राई, गीता राना, हिरा भुजेल, इन्द्रा राई, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सविता राना र सिर्जना सिंहले पनि टिममा स्थान बनाएका छन्।

यसैगरी अमिसा कार्की, अन्जली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापाले भने टिममा स्थान बनाउन सकेनन्। 

एएफसी महिला एसियान कप छनोटमा नेपाल समूह एमा छन्। यो समूहमा हङकङ र फिलिपिन्स छन्। नेपालले पहिलो खेल सेप्टेम्बर १८मा फिलिपिन्ससँग खेल्ने छ भने हङकङसँग नेपालले सेप्टेम्बर २४मा खेल्ने छ। छनोटका सबैखेल उज्वेकिस्तानमा आयोजना हुने छ।

प्रकाशित मिति: १५:३२ बजे, मंगलबार, भदौ ८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्