Kathmandu Press

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

काठमाडौं, भदौ ७ : नेपाली क्रिकेट टिमको नयाँ जर्सी सर्वाजनिक गरिएको छ। सोमबार एक कार्यक्रम गर्दै नेपाल क्रिकेट संघ (क्यान) र नेपाल राष्ट्रिय क्रिकेट...
नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
Hardik ivfHardik ivf

काठमाडौं, भदौ ७ : नेपाली क्रिकेट टिमको नयाँ जर्सी सर्वाजनिक गरिएको छ। सोमबार एक कार्यक्रम गर्दै नेपाल क्रिकेट संघ (क्यान) र नेपाल राष्ट्रिय क्रिकेट टिमको आधिकारिक प्रायोजक माइसेकेन्ड टिचरले संयुक्त रुपमा नेपाली टिमको नयाँ जर्सी सार्वजनिक गरे।

नेपाली टिमको जर्सी आदर्श पोखरेलले निर्माण गरेका हुन् । जर्सी डिजाइनका लागि माइ सेकेन्ड टिचरले खुला रुपमा आव्हान गरेको थियो, सोहीबाट आदर्शको डिजानइ छनोट भएको हो।

जर्सी डिजाइन गरेवापत आदर्शले १ लाख रुपैयाँ प्राप्त गरे। आदर्शलाई जर्सी सार्वजनिक कार्यक्रममै रकम प्रदान गरिएको थियो।

अब नेपाली टिमले ओमान हुने पपुवा न्युगिनीविरुद्धको २ खेलको एकदिवसीय सिरिज मार्फत नयाँ जर्सी लगाउने छन्। सिरिज सेप्टेम्बर ५ र ८ मा हुनेछ।

विश्वकप छनोटमा रुपमा रहेको विश्वकप लिग–२का ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपालले पपुवा न्युगिनीसँग सिरिज खेल्न लागेको हो। नेपाल ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म आयोजना हुनेछ।

प्रकाशित मिति: १७:३३ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्