Kathmandu Press

एसियाली टेबलटेनिस प्रतियोगिताका लागि खेलाडी छनोट

एसियाली टेबलटेनिस प्रतियोगिताका लागि खेलाडी छनोट

काठमाडौं, भदौ ४ : अखिल नेपाल टेबलटेनिस सङ्घले कतारमा आयोजना हुने २५औं एसियाली टेबलटेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट गरेको छ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुईदिने छनोट प्रतियोगिताबाट समान तीन/तीन पुरुष/महिला खेलाडी छनोट गरिएको सङ्घका प्रथम उपाध्यक्ष धम्रमान बज्राचार्यले जानकारी दिए।

पुरुषमा नेपाल प्रहरीका विनेश खनियाँ, काठमाडौँका अमरलाल मल्ल र प्रहरीका स्यान्टु श्रेष्ठ छनोट भए। वैकल्पिकमा एभीएम टेबलटेनिस क्लबका सन्योग कपाली र विलोश श्रेष्ठ रहेका छन्।

त्यस्तै महिलामा एपीएफकी सिक्का सुवाल, एभीएमकी इभाना थापा मगर र प्रहरीकी एलिना महर्जन छानिए । वैकल्पिकमा नेपाल आर्मीकी रविना महर्जन र एभीएमकी वियङ्का राई छन्।

छनोटमा समान नौ/नौ पुरुष/महिला खेलाडीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिता दोहामा आगामी असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति: १५:१८ बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्