Kathmandu Press

नेप्सेमा झिनो सुधार, कारोबार रकम १५ अर्ब ९३ करोड

काठमाडौं, साउन ३२ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको...
नेप्सेमा झिनो सुधार, कारोबार रकम १५ अर्ब ९३ करोड

काठमाडौं, साउन ३२ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से आज भने सम्हालिएर ५.७२ बिन्दुले बढेर तीन हजार १६०.०५ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ बिन्दुले बढेर ५९२.९३ मा पुगेको छ । कूल २२७ कम्पनीको दुई करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर रु १५ अर्ब ९३ करोड आठ लाख ९७ हजार ९३८ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब १४ अर्ब ११ करोड १० लाख पाँच हजार बराबर पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज छ उपसमूहको शेयर ओरालो लाग्यो भने सात उपसमूहको शेयर उकालो लाग्यो । बैंकिङ ११.३३, होटल तथा पर्यटन ३२.७३, वित्त २८.५१, निर्जीवन बीमा ६७.३६, जीवन बीमा १७२.८७ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ । यस्तै, व्यापार ६४.७३, विकास बैंक ७४.७३, जलविद्युत् ४०.१२, उत्पादन १५८.९८, अन्य ३.६, लघुवित्त ५६.८२ र लगानी २.६८ बिन्दुले बढेको छ ।

कारोबारका आधारमा सोमबार नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७४ करोड ९७ हजार ४५६ बराबरको कारोबार भयो । नेपाल बैंक रु ६४ करोड ७० लाख २४ हजार ३२१, एचआइडिसिएल रु ५४ करोड ८४ लाख ७४ हजार ७९६, ङादी ग्रुप अफ पावर रु ४८ करोड ४८ लाख ८६ हजार ६४८, अपि पावर कम्पनी रु ४७ करोड ९७ लाख ३१ हजार ५९४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

प्रकाशित मिति: १८:५५ बजे, सोमबार, साउन ३२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्