Kathmandu Press

फिफा वरियतामा नेपाल १६८औं स्थानमा, शीर्ष स्थानमा बेल्जियम यथावत

काठमाडौं, साउन २८ : फिफा वरियतामा नेपालले स्थान सुधार गरेको छ। आजै फिफाले अपटेड गरेको वरियतामा नेपाल ३ स्थान सुधार गर्दै १६८औं स्थानमा आएको छ...
फिफा वरियतामा नेपाल १६८औं स्थानमा, शीर्ष स्थानमा बेल्जियम यथावत

काठमाडौं, साउन २८ : फिफा वरियतामा नेपालले स्थान सुधार गरेको छ। आजै फिफाले अपटेड गरेको वरियतामा नेपाल ३ स्थान सुधार गर्दै १६८औं स्थानमा आएको छ । यसअघि नेपाल १७१औं स्थानमा थियो।

विश्वकप र एसियन कपको दोस्रो चरणको छनोटमा गरेको प्रदर्शनका आधारमा नेपालले फिफा वरियतामा ३ स्थान सुधार गरेको हो। नेपालको ९७२ अंक छ।

दक्षिण एसियाको शीर्ष स्थानमा भारत छ। ऊ १०५औं स्थानमा आइपुगेको छ। दक्षिण एसियाको दोस्रो स्थानमा माल्दिभ्स छ। उ १५८औं वरियतामा छ । नेपाल तेस्रो स्थानमा छ।  नेपालभन्दापछि भुटान १८७, बंगलादेश १८८, पाकिस्तान १९८ र श्रीलंका २०५औं स्थानमा छ।

यसैगरी फिफ वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत नै छ । एक स्थान सुधार गर्दै ब्राजिल वरियताको दोस्रो स्थान आएको छ भने एक स्थान तल झर्दै फ्रान्स तेस्रो स्थानमा आइपुगेको छ। यस्तै, इंग्ल्यान्ड चौथो स्थानमा यथावत रहँदा युरोकप विजेता पाँचौं स्थानमा छ । यस्तै, अर्जेन्टिना छैठौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र अमेरिका १०औं स्थानमा छ।

प्रकाशित मिति: १५:१८ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्