Kathmandu Press

मन्त्रिपरिषद् निर्णय- आचरणविपरीत कार्य गरेका रेलवे कम्पनीका महाप्रबन्धकसँग सरकारले सोध्यो स्पष्टीकरण

मन्त्रिपरिषद्ले यस्तै, नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले आचरणविपरीत कार्य गरेकोले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। उनी सामाजिक सञ्जालमा अशिष्ट ढंगबाट प्रस्तुत हुँदै आएका छन्।
मन्त्रिपरिषद् निर्णय- आचरणविपरीत कार्य गरेका रेलवे कम्पनीका महाप्रबन्धकसँग सरकारले सोध्यो स्पष्टीकरण

काठमाडौं, साउन १९ : मन्त्रिपरिषद्ले यस्तै, नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले आचरणविपरीत कार्य गरेकोले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । उनी सामाजिक सञ्जालमा अशिष्ट ढंगबाट प्रस्तुत हुँदै आएका छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकको निर्णयबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन् ।

यस्तै, सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ ।

एसियाली विकास बैंकको सहयोगमा ‘रेस्पोन्सिभ कोभिड भ्याक्सिन फर रिकभरी प्रोजेक्ट अन्डर द एसिया प्यासिफिक भ्याक्सिन फ्यासिलिटी’अन्तर्गत् करिब १९ अर्ब ५८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

कोभिड-१९ रोकथामका लागि स्थानीय प्रशासनबाट जारी भएको निषेध आदेशको अवधिमा १६ असारयताको व्यक्तिगत घटना दर्ता छुट दिने निर्णय पनि सरकारले गरेको छ । निषेध आदेशभरिको बिलम्ब शुल्क सरकारले छुट दिइएको हो ।

राष्ट्रिय जीवनमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई विभुषण समितिमा तोकिएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक श्रीमती भुषण श्रेष्ठ, त्रिविका पूर्व रजिस्ट्रार गोविन्दप्रसाद शर्मा, कलाकार मदनदास श्रेष्ठ, कुशप्रसाद मुल्मी, ओमप्रकाश महतो सुडी, नेपाली सेनाका पूर्वउपरथी नरबहादुर कँडेल समितिमा नियुक्त भएका छन् ।

शिक्षक सेवा आयोगमा सरकारले नयाँ नियुक्ति गरेको छ । अध्यक्ष मधुप्रसाद रेग्मी तथा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई सदस्य तोकिएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७८ सरकारले स्वीकृत गरेको छ ।

यस्तै, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र सम्पादक सल्लाहकार गोपाल खनालले पदबाट दिएको राजिनामा सरकारले स्वीकृत गरेको छ ।

निजामती सेवा ऐन २०४९ को दफा १९ को उपदफा २ खण्ड ‘ख’को उपखण्ड २ बमोजिम नेपाल प्रशासन सेवाको क्लस्टरतर्फ राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा समितिको १२ साउनको सिफारिसअनुसार सहसचिव हरिप्रसाद मैनालीलाई बढुवा गरी अतिरिक्त समूहमा पदस्थापन गरिएको छ ।

प्रकाशित मिति: १८:४५ बजे, मंगलबार, साउन १९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्