Kathmandu Press

गण्डकी प्रदेशमा थपिए ६०९ जना कोरोना संक्रमित 

काठमाडौं, साउन १८ : गण्डकी प्रदेशमा थप ६०९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार १७४ जनाको नमुना...
गण्डकी प्रदेशमा थपिए ६०९ जना कोरोना संक्रमित 
Hardik ivfHardik ivf

काठमाडौं, साउन १८ : गण्डकी प्रदेशमा थप ६०९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार १७४ जनाको नमुना परिक्षण गरिएकामा ६०९ जनामा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये ३२८ महिला र २८१ जना पुरुष रहेका छन् । प्रदेशका १० जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै मुस्ताङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कास्की २३९, मुस्ताङ १, बागलुङ ६६ स्याङ्जा ९८, म्याग्दी २, पर्वत २२,गोरखा ६२, लमजुङ २४,तनहुँमा ४८ र नवलपुरमा ४७ जनामा संक्रमण देखिएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६८ हजार ६४३ पुगेको छ । यस्तै, प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा कास्कीका ३ र स्याङजाका एक जना रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १०३ जना पुगेको छ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ३०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ९० पुगेको छ ।  त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ५ हजार ४५० पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०:२७ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्