Kathmandu Press

प्रदेश प्रहरीमा समायोजन हुनेलाई एकतह स्वतः बढुवा दिऊँः कांग्रेस सा‌ंसद् बडू

काठमाडौं, असार २५ःप्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस सांसद् दिलेन्द्रप्रसाद बडुले प्रदेश प्रहरीमा समायोजन हुने प्रहरीको एक तह स्वतह....

प्रदेश प्रहरीमा समायोजन हुनेलाई एकतह स्वतः बढुवा दिऊँः कांग्रेस सा‌ंसद् बडू
Hardik ivfHardik ivf

काठमाडौं, असार २५ःप्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस सांसद् दिलेन्द्रप्रसाद बडुले प्रदेश प्रहरीमा समायोजन हुने प्रहरीको एक तह स्वतहः बढुवा गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

कांग्रेस सांसद् बडुले प्रदेश प्रहरीमा जाने प्रहरीको मनोबललाई कमजोर हुन नदिन पनि त्यहाँ जाने प्रहरीहरुको एक तह स्वतहः बढुवा गर्नुपर्ने पनि स्पष्ट पारे । 

आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै बडुले भने, ‘सशस्त्र प्रहरी बल र निजामती सेवाका कर्मचारीको हकमा लागू भईसकेको यो व्यवस्था नेपाल प्रहरीमा लागू गर्न कसैले पनि कन्जुस्याई गर्न हुँदैन ।’  

विधेयकमा करिब २० हजार प्रहरी कर्मचारी संघ मातहत रहने र अन्यलाई प्रदेश प्रहरी मातहत राख्ने प्रस्ताव गरिएको छ । सांसद बडुले प्रदेशमा समायोजन भएर जाने प्रहरीको मनोबललाई उठाउन पनि उनीहरुको एक तह स्वतः बढुवा गर्न उपयुक्त हुने धारणा समितिमा राखे ।

काँग्रेस सांसद बडुले प्रदेश प्रहरीलाई पनि प्रभावकारी ढंगले काम गराउन उनीहरुको मनोबललाई गिराउने काम गर्न नहुने पनि बताए । विधेयकमा २० हजार प्रहरी संघमा र करिब ५५ हजार प्रहरी प्रदेश प्रहरीमा समायोजन हुने उल्लेख छ ।

प्रकाशित मिति: १४:१५ बजे, बुधबार, असार २५, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्