Kathmandu Press

‘व्यवसाय सञ्चालनको विकल्प छैन’

पाेखरा, साउन १६ : गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्दै व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन्।फेवा पर्यटन विकास...
‘व्यवसाय सञ्चालनको विकल्प छैन’

पाेखरा, साउन १६ : गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्दै व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन्।

फेवा पर्यटन विकास समिति पोखरा–१८ द्वारा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले विगत दुई वर्षदेखि कोरोनाको प्रभाव नेपालसहित विश्वव्यापी रहेको उल्लेख गर्दै व्यवसाय सञ्चालन गर्ने विषयमा अब ढिला गर्न नहुने बताए।

कोरोनाको प्रभाव अझै कति रहन्छ भन्ने अन्योल रहेको बताउँदै उहाँले प्रभाव लामो समय रहँदा हाम्रो अर्थतन्त्र नराम्रोसँग प्रभावित हुने भएकाले मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्छ भन्ने पक्षमा आफू रहेको स्पष्ट पारे।

मानिस अब कोरोनाका अतिरिक्त भोक तथा ऋणले थप प्रभावित हुन सक्ने बताउँदै उनले कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई पुनःउत्थानका लागि कोरोनाविरुद्धको खोपको व्यवस्थापन सङ्घीय सरकारले छिटो गर्नुपर्ने आवश्यकता औँल्याए।

पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापाले पोखरामा आउने अधिकांश पर्यटक यस क्षेत्रको भ्रमणमा आउने भए पनि राज्य पक्षबाट पर्याप्त मात्रामा लगानी हुन नसकेको गुनासो गरे।

यसैबीच अर्थमन्त्री बरालसँग पोखराको फेवा नहरलाई व्यवस्थापन गर्न माग गरिएको छ । पोखरा–१७ को जनजागरण टोल विकास संस्थाका तर्फबाट फेवा नहरका कारण हरेक वर्ष मानिससमेत बगाउने तथा अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था भएको भन्दै नहरको व्यवस्थापन गर्न माग गरिएको हो।

प्रकाशित मिति: १७:२८ बजे, शनिबार, साउन १६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्