Kathmandu Press

अवैध तरिकाले ल्याइएको भारतीय रुपैयाँसहित पक्राउ    

मोरङ, साउन  १४ : भारतबाट अवैध रुपमा लुकाएर ल्याएको १ लाख २४ हजार भारतीय रुपैयाँसहित विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट २ जनालाई बिहीबार बिहान...
अवैध तरिकाले ल्याइएको भारतीय रुपैयाँसहित पक्राउ    
Hardik ivfHardik ivf

मोरङ, साउन  १४ : भारतबाट अवैध रुपमा लुकाएर ल्याएको १ लाख २४ हजार भारतीय रुपैयाँसहित विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत जोगमुनी अहमदपुर-१६ बस्ने ३० वर्षीय मोहम्मद इमरान र २० वर्षीय मोहम्मद कुबेर रहेका छन्। अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई २ हजार दरका ७ थान, ५ सय दरका १ सय ९४ थान, २ सय दरका ४७ थान र १ सय दरका ३६ थान गरी उक्त भारतीय रुपैयाँ सहित पक्राउ गरेको हो। 

उनीहरूलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

प्रकाशित मिति: १७:२७ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्