Kathmandu Press

भरूवा बन्दुकसहित एकजना पक्राउ

बाजुरा, साउन १३ : जगन्नाथ गाउँपालिका-६ इन्देउस्थित लेकबाट एक थान भरुवा बन्दुक र ५० ग्राम बारुद सहित सोही गाउँपालिका-६ बस्ने ४२ वर्षीय ऐन...
भरूवा बन्दुकसहित एकजना पक्राउ

बाजुरा, साउन १३ : जगन्नाथ गाउँपालिका-६ इन्देउस्थित लेकबाट एक थान भरुवा बन्दुक र ५० ग्राम बारुद सहित सोही गाउँपालिका-६ बस्ने ४२ वर्षीय ऐन बहादुर रावललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी चौकी जुड्डीबाट खटिएको प्रहरीले रावलको साथबाट जंगली जनावर बँदेलको जस्तो देखिने २ केजी रातो मासु फेला पारेपछि थप अनुसन्धान गर्ने क्रममा इन्देउस्थित लेकमा रहेको उक्त बन्दुक र बारूद बरामद गरेको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: १२:२९ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्