Kathmandu Press

भरूवा बन्दुकसहित एकजना पक्राउ

खोटाङ, साउन १२ : प्रहरीले खोटाङमा भरूवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ।खोटाङको दिक्तेल रूपाकोट मझुवागडी नगरपालिका-१० पाखेका बस्ने ५९ वर्षीय पर्शुराम बाँनिया समेत...
भरूवा बन्दुकसहित एकजना पक्राउ

खोटाङ, साउन १२ : प्रहरीले खोटाङमा भरूवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ।

खोटाङको दिक्तेल रूपाकोट मझुवागडी नगरपालिका-१० पाखेका बस्ने ५९ वर्षीय पर्शुराम बाँनिया समेत ३ जनालाई ३ थान एकनाले भरूवा बन्दुकसहित सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय  र अस्थाई प्रहरी चौकी तालखर्कबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त बन्दुक फेला पारी पक्राउ गरेको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।
 

प्रकाशित मिति: १५:२७ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्