Kathmandu Press

विज्ञहरुको सरकारलाई सुझाव–पारमाणविक भट्टी सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिनुहुन्न

काठमाडौं, असार २३ : विज्ञहरुले पारमाणविक भट्टी केन्द्र सञ्चालन गर्ने अनुमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन्।

प्राध्यापक स....

विज्ञहरुको सरकारलाई सुझाव–पारमाणविक भट्टी सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिनुहुन्न
फाइल

काठमाडौं, असार २३ : विज्ञहरुले पारमाणविक भट्टी केन्द्र सञ्चालन गर्ने अनुमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन्।

प्राध्यापक सुरेन्द्रप्रसाद पण्डित र चिकित्सक शान्तलाल श्रेष्ठले ठूल्ठूला युद्धमा प्रयोग हुने पारमाणविक भट्टी उत्पादन गर्ने अधिकार सरकारमा मात्रै निहीत हुनुपर्ने पनि स्पष्ट पारेका हुन्। 

सोमबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘पारमाणविक तथा रेडियाधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै प्राध्यापक पण्डितले भारत र चीनजस्ता दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको नेपालका लागि पारमाणविक  भट्टीको स्थापना र सञ्चालन संवेदनशील विषय भएकाले त्यसतर्फ सरकारलाई गम्भिर भएर सोच्न पनि आग्रह गरे। 

युद्धमा मानव संहार गर्ने त्यस्ता खालका भट्टीहरु दुरुपयोग हुन नदिन सरकारले कडा निगरानी राख्नुपर्ने उनको भनाइ थियो। 

प्राध्यापक पण्डितले नेपालले पनि पारमाणु भट्टी स्थापना गर्न सक्ने तर त्यसका लागि कडा नियमनकारी निकायको व्यवस्था हुनुपर्ने पनि स्पष्ट पारे।

बैठकमा चिकित्सक शान्तलाल श्रेष्ठले रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोगका लागि ल्याइएको विधेयक सही भएपनि पारमाणविक भट्टी स्थापना गर्ने सम्बन्धमा विधेयकमा समावेश गरिएको प्रावधान भने उचित नभएको बताए। उनले पारमाणविक भट्टी स्थापना गर्न निजी क्षेत्रलाई दिने विधेयकको प्रावधान मान्य नहुने पनि स्पष्ट पारे।

विधेयकमा पारमाणविक भट्टी निजी क्षेत्रले पनि सञ्चालन गर्न सक्ने प्रावधान राखिएको छ। त्यसप्रति विज्ञहरुले आपत्ति जनाएका छन्।
 

प्रकाशित मिति: १६:५० बजे, सोमबार, असार २३, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्