Kathmandu Press

गण्डकीमा थपिए ७१० जना कोरोना संक्रमित, थप ८ जनाको मृत्यु

काठमाडौं, साउन ११ : गण्डकी प्रदेशमा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३६५ जनाको नमुना...
गण्डकीमा थपिए ७१० जना कोरोना संक्रमित, थप ८ जनाको मृत्यु

काठमाडौं, साउन ११ : गण्डकी प्रदेशमा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३६५ जनाको नमुना परीक्षण गरिएकामा ७१० जनामा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये ३६३ महिला र ३४७ जना पुरुष रहेका छन् । प्रदेशका ९ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै म्याग्दीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ३०४, बागलुङ ३५, स्याङ्जा ६०, म्यादी ६, पर्वत ४३, गोरखा १९, लमजुङ २७ ,तनहुँमा ७९ र नवलपुरमा १३७ जनामा संक्रमण देखिएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६५ हजार १०५ पुगेको छ । यस्तै, प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ८ जनाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६२ जना पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३७४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६० हजार ६३४ पुगेको छ ।  त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ३ हजार ४०९ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: १९:०० बजे, सोमबार, साउन ११, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्