Kathmandu Press

इजरायलद्धारा युएइका लागि पहिलो राजदूत नियुक्त

इजरायलद्धारा युएइका लागि पहिलो राजदूत नियुक्त
Hardik ivfHardik ivf

इजरायल, साउन ११ : इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ)का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ। दुई देशबीचको सम्वन्ध सामान्य हुदै गएकाले राजदूत नियुक्त गरिएको इजरायलका विदेश मन्त्रीले आइतबार जानकारी दिएका छन् ।  

इजरायली विदेश मन्त्री याइर लापिडले इजरायलको तर्फबाट युएइका लागि राजदूतमा अमिर हइकलाई नियुक्त गरिएको जानकारी दिए। 

राजदूतमा नियुक्त भएका हइक यसअघि उद्योग, व्यापार र रोजगार मन्त्रालयका निर्देशकका रुपमा काम गरेका थिए। उनी राम्रो अर्थशास्त्रीका रुपमा पनि परिचित छन्। ‘हइकसँग अर्थतन्त्र र पर्यटनको क्षेत्रका बारेमा पर्याप्त अनुभव र ज्ञान छ, त्यसलाई उहाँले सदुपयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ,’ विदेश मन्त्री लापिडले भने। 

उनको अनुभव, क्षमता, योग्यता र विज्ञताले दुई देशको सम्वन्धलाई राम्रो बनाउदै दुवै पक्षको हितका कामहरु हुने आशाा गरिएको बताए।     
 

प्रकाशित मिति: १४:१९ बजे, सोमबार, साउन ११, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्