Kathmandu Press

कोरियामा कोरोनाको चौथो लहर, दिनदिनै बढ्दै संक्रमित

सउल, साउन १० : दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमण चौथो लहरमा प्रवेश गरेको छ। यसले...
कोरियामा कोरोनाको चौथो लहर, दिनदिनै बढ्दै संक्रमित
Hardik ivfHardik ivf

सउल, साउन १० : दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमण चौथो लहरमा प्रवेश गरेको छ। यसले महामारीको रूप लिन थालेपछि यहाँका अस्पतालमा आइसीयू शय्यासमेत अभाव हुन थालेको छ।

कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक दुई हजारको हाराहारीमा कोरोना सङ्क्रमित थपिएका छन्। सङ्क्रमित हुनेमा कोरियन नागरिकसँगै अन्य देशबाट आएका नागरिकसमेत छन्।

स्वास्थ्य विभागका अनुसार केही हप्तादेखि थपिएका संक्रमितमा नयाँ प्रजातिको कोरोना भाइरस (डेल्टा भेरियन्ट)को समेत लक्षण देखिएको छ। यसरी नयाँ प्रजातिको भाइरस लक्षण देखिनेमा हालसम्म एक हजारबढी बढी छन्। यो भाइरस उच्च गतिमा संक्रमण हुने गर्दछ।

पछिल्लो समय थपिएका नयाँ संक्रमितको सङ्ख्या हालसम्मकै उच्च हो। यहाँ सरकारले कोरोनाको सम्पूर्ण नियम लगाउनुका साथै दुई जना बढी भेला हुनसमेत बन्देज गरेको छ।

सरकारले जारी गरेको कडा सामाजिक दूरीका बाबजुद पनि केही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या दैनिक दुई हजारको हाराहारीमा देखिन थालेको छ।

कोरियामा हालसम्म कूल संक्रमितको सङ्ख्या एक लाख ८४ हजार १०३ पुगेको छ। मृत्यु हुनेको सङ्ख्या दुई हजार ६३ छ। (रासस)

प्रकाशित मिति: ०६:१६ बजे, आइतबार, साउन १०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्