Kathmandu Press

चर्चामा रमिला र खुमनको नाइ भन्न पाइँदैन

काठमाडाैं, साउन ८ : तीज नजिकिँदै गर्दा ‘नाइँ भन्न पाइँदैन’ गीत चर्चामा आएको छ। गायिका रमिला न्यौपान र गायक खुमन अधिकारीको यो गीतले...
चर्चामा रमिला र खुमनको नाइ भन्न पाइँदैन
Hardik ivfHardik ivf

काठमाडाैं, साउन ८ : तीज नजिकिँदै गर्दा ‘नाइँ भन्न पाइँदैन’ गीत चर्चामा आएको छ। गायिका रमिला न्यौपान र गायक खुमन अधिकारीको यो गीतले युट्युबमा २ लाखभन्दा बढी भ्यू पाइसकेको छ। ‘नाइँ भन्न पाइँदैन’को टिकटक बनाउने संख्यामा उत्तिकै छ।

गायक खुमनको आफ्नै युट्युब च्यालनमार्फत बजारमा आएको गीत नेत्र अर्यालले लेखेका हुन् । गीतमा संगीत खुमनकै रहेको छ। गीतमा आशा बिसी, प्रेमा राना, रुपी सिन्जाली, गोबिन्द पराजुली र सागर बाजुरालीले कोरस गाएका छन् । गीतमा संगीत संयोजन बिनोद बाजुरालीको छ ।

स्मृति तिमिल्सिनाले निर्देशन गरेको भिडियोमा खुमन अधिकारी, रमिला न्यौपाने, बबिन ठकुरी, अर्जुन गौतम, धु्रव हिमाली, रिना थापा मगर, दिपासा बिसी, रुबिना अधिकारी लगायतको अभिनय रहेको छ । भिडियो दुर्गा पौडेलले खिचेका हुन् ।

दर्शक स्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको गायिका रमिलाले बताइन् । आफ्नो मेहनतलाई दर्शकले मनपराइदिँदा आफूहरु खुसी भएको उनले बताइन्।

प्रकाशित मिति: १२:५२ बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्