Kathmandu Press

गण्डकी प्रदेशमा थप ४७१ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं, साउन ७ : गण्डकी प्रदेशमा थप ४७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३२ जनाको नमुना...
गण्डकी प्रदेशमा थप ४७१ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं, साउन ७ : गण्डकी प्रदेशमा थप ४७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३२ जनाको नमुना परीक्षण गरिएकामा ४७१ जनामा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये २३५ महिला र २३६ जना पुरुष रहेका छन् । कास्की २७४, बागलुङ ३१, स्याङ्जा २१, म्यादी ७, पर्वत ५, गोरखा २२, लमजुङ ३, तनहुँमा ३४ र नवलपुरमा ५७ जनामा संक्रमण देखिएको जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६३ हजार १९५ पुगेको छ । प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ३ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–२ का ५२ वर्षीय पुरुष, बागलुङ काठेखोला –८ का ३८ वर्षीय पुरुष र तनहुँ म्यादे ५ की ४० वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४४ जना पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ६५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५९ हजार २२९ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या २ हजार ९२२ जना पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: १९:०८ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्