Kathmandu Press

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघ्यो

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघ्यो

काठमाडौं, साउन ४ : कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघेको छ  ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरमा ४० लाख  ८९ हजार १७५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ४ लाख ४१ हजार ६५४ जना रहेका छन ।

विश्वभर तीन अर्ब ६३ करोड ६४ लाख ४४ हजार  ४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 

प्रकाशित मिति: १९:२७ बजे, सोमबार, साउन ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्