Kathmandu Press

आफूबाट जानी नजानी विभेद हुन सक्ने भन्दै केकीले मागिन् माफी

काठमाडौं, असार ११ : पछिल्लो समय मानिसबाट मानिसमाथि हुने विभिन्न खाले हुने विभिन्न विभेदजन्य घटनाले सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्राथमिकता पाइरहेका छन्। रुपा...
आफूबाट जानी नजानी विभेद हुन सक्ने भन्दै केकीले मागिन् माफी

काठमाडौं, असार ११ : पछिल्लो समय मानिसबाट मानिसमाथि हुने विभिन्न खाले हुने विभिन्न विभेदजन्य घटनाले सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्राथमिकता पाइरहेका छन्। रुपा सुनारले जातकै कारण टुंगो लागिसकेको कोठा नपाउँदा कानुनी उपचार खोजेको घटनालाई लिएर विभिन्न सकारात्मक तथा नकारात्मक प्रतिक्रिया व्यक्त भइरहेका छन्।

यति नै बेला नेपाली चलचित्र जगत्मा बौद्धिक नायिकाको छवि बनाएकी नायिका केकी अधिकारीले आफूबाट पनि जान अनजानमा कुनै विभेदका घटना भएको हुन सक्ने भन्दै त्यसप्रति माफी मागेकी छन्।

आज (शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेकी हुन्। ‘जानी नजानी कुनै न कुनै प्रकृतिको, भावनाको, सोचको भेदभाव, विभेद हामी सबैभित्र दृश्य अदृश्य रुपमा जकडिएको छ,’ उनले लेखेकी छन्, ‘आफूले आफूलाई नियाल्न, मूल्यांकन गर्न र त्यस प्रकारको सोच आफै भित्रबाट जरैदेखि निर्मुल पानी सबैलाई विवेक र शक्ति मिलोस्।’

उनले माफी माग्नुको खास कारण केही नखुलाए पनि समाजमा हुने सबैखाले विभेदको अन्त्य हुनुपर्ने र त्यसका लागि व्यक्ति सबैले आफूलाई बदल्नुपर्ने सन्देश दिन त्यस्तो उल्लेख गरेको हुन सक्ने आँकलन गर्न सकिन्छ।

व्यक्तिमा भएका अहंलाई ऊ स्वयंमले मत्थर गर्ने र आफूबाट जानी नजानी भएका भएका त्रुटिलाई स्वीकार गरेर पीडितसँग माफी मागे कुनै पनि घटनाले जटिल रूप नलिने भन्ने सन्देश जनमानसमा पुर्याउन पनि उनले यस किसिमको स्टाटस लेखेको हुन सक्छ। 

उनले अन्तिममा लेखेकी छन्, ‘अहिलेसम्म आफूबाट भएको वा हुन गएको सबै खालको व्यवहारिक एवं वैचारिक विभेद वा त्यस किसिमको सोच र त्यसबाट पर्न गएको असरका लागि म अन्तरहृदयबाट क्षमाप्रार्थी छु ।’ 

केकी केही समयअघि विपश्यनामा बसेकी थिइन्। त्यहाँ गरिने ध्यान, त्यहाँबाट सिकिने ज्ञान आदिले गर्दा पनि उनका वैचारिक परिपक्वता अझ मजबुत भएको बुझ्न सकिन्छ।

 

प्रकाशित मिति: १२:२६ बजे, शुक्रबार, असार ११, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्