Kathmandu Press

‘फिमेल’ भर्सनमा सुनिल गिरिको चर्चित गीत ‘को होला त्यो मसँग आँखा जुधाउने‘ (भिडियो) 

काठमाडौं, असार ८ : गायक सुनिल गिरिको चर्चाको शिखरमा रहेको ‘को होला त्यो मसँग आँखा जुधाउने’ को फिमेल भर्सन सार्बजनिक भएको छ ।गीतको...
‘फिमेल’ भर्सनमा सुनिल गिरिको चर्चित गीत ‘को होला त्यो मसँग आँखा जुधाउने‘ (भिडियो) 

काठमाडौं, असार ८ : गायक सुनिल गिरिको चर्चाको शिखरमा रहेको ‘को होला त्यो मसँग आँखा जुधाउने’ को फिमेल भर्सन सार्बजनिक भएको छ ।

गीतको नयाँ भर्सनमा पछिल्लो समय चर्चामा रहेकी गायिका अस्मिता अधिकारीको आवाज रहेको छ । गीतको फिमेल भर्सन सार्बजनिक भएसँगै आठ बर्षअघि मेल भर्जनको भिडियोमा देखिएका पल शाहा र प्रकृति श्रेष्ठको जोडीलाई फेरी सोही गीतमा देख्न पाईने भएको छ ।

गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतमा शब्द र संगीत गायक सुनिल गिरिकै रहेको छ भने गीतलाई अनिल के मानन्धरले निर्देशन गरेका हुन ।

गीतको न्यारेशनमा गिरिलाई संचारकर्मी आरती लम्सालले साथ दिएकी छिन् । गीतले सार्बजनिक भएको केहि घण्टामै दर्शकको राम्रो साथ पाएको छ । 

प्रकाशित मिति: १९:५९ बजे, मंगलबार, असार ८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्