Kathmandu Press

सकियो नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल

काठमाडौं, असार ७ : नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सकिएको छ। नेपाल–अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको फेस्टिभल १७ देखि २० जुनसम्म अमेरिकाको मेरिलेन्डमा चलेको...
सकियो नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल

काठमाडौं, असार ७ : नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सकिएको छ। नेपाल–अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको फेस्टिभल १७ देखि २० जुनसम्म अमेरिकाको मेरिलेन्डमा चलेको थियो।
कोभिड–१९ महामारीका कारण फेस्टिभलमा छनोट भएका फिल्महरुको इभेन्टिभसँगको सहकार्यमा भर्चुअल रुपमा स्क्रिनिङ गरिएको थियो। फेस्टिभलका प्यानल डिस्कसनहरु पनि भर्चुअल रुपमै आयोजना गरिएको नेपाल अमेरिका फिल्म सोसाइटीका संस्थापक तथा अध्यक्ष पूर्णसिंह बराइलीले जानकारी दिए।

फेस्टिभलका लागि विभिन्न देशका ३५ फिल्महरु छनोट भएका थिए। कार्यक्रमको समापन समारोहमा सहभागी फिल्महरुलाई विभिन्न विधामा पुरस्कृत पनि गरिएको फेस्टिभल डिरेक्टर युवाकर राजकर्णिकारले जानकारी दिए।

भर्चुअल माध्यमबाटै समापन कार्यक्रम आयोजना भएको थियो। समापन कार्यक्रम तथा प्यानल डिस्कसनको फेसबुकबाट समेत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

विश्वव्यापी कोभिड–१९ महामारीका कारण भर्चुअल माध्यमबाट फेस्टिभल आयोजना गरिएको यो दोस्रोपटक हो। अघिल्लो वर्ष अमेरिकाबाट आयोजना हुने दक्षिण एसियाका विभिन्न फेस्टिभलसँगको सहकार्यमा ‘कोसाफ’अन्तर्गत रहेर भर्चुअल रुपमै आयोजना भएको थियो।

फेस्टिभलमा विजयी तथा सम्मानित फिल्महरुः

स्पेसल जुरी मेन्सनः
मन्नुः स्प्राउट्स अफ इन्डुरेन्स
निर्देशकः रामदास कदभलुर

– सो ह्वाट इफ द गोट्स डाइ
निर्देशकः सोफिया एलाउई

उत्कृष्ट सर्ट फिल्म (जुरी):
– ग्रेमर्सी
निर्देशकः प्याट हेउड, जमिल म्याकगिन्निस

– जुलुङ्गो
निर्देशकः राजेशप्रसाद खत्री

उत्कृष्ट एक्स्पेरिमेन्टल फिल्म (जुरी):
– स्पोन्टेनियस
निर्देशकः लोरी फेल्कर

उत्कृष्ट फिचर फिल्म (जुरी):
– मदर, आइ एम सफोकेटिङ
निर्देशकः लेमोहाङ जेरेमिआ मोजेज

ग्रान्ड जुरी अवार्डः
– मदर, आइ एम सफोकेटिङ
निर्देशकः लेमोहाङ जेरेमिआ मोजेज

प्रकाशित मिति: १६:३१ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्