Kathmandu Press

कोभिडले सञ्चार क्षेत्रमा पारेको प्रभाव बारे महासंघद्वारा सञ्चारमन्त्रीको ध्यानाकर्षण 

काठमाडौं, जेठ ३१ : नेपाल पत्रकार महासंघले नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई कोभिड –१९ ले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको...
कोभिडले सञ्चार क्षेत्रमा पारेको प्रभाव बारे महासंघद्वारा सञ्चारमन्त्रीको ध्यानाकर्षण 

काठमाडौं, जेठ ३१ : नेपाल पत्रकार महासंघले नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई कोभिड –१९ ले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव बारेमा ध्यानाकर्षण गराएको छ ।

नवनियुक्त सूचना तथा सञ्चार प्रविधिमन्त्री नैनकला थापालाई भेटेर महासंघका पदाधिकारीहरूले कोभिड– १९ ले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभावबारे अवगत गराउँदै आवश्यक सहयोग गर्न आग्रह गरेका हुन् ।

भेटमा मन्त्री थापाले पत्रकारका आम समस्या समाधान गर्ने र कोभिड–१९ विरुद्धको खोप लगाउन छुटेका पत्रकारका लागि पहल गर्ने बताउँदै पत्रकारलाई सरकारको कमिकमजोरी औल्यान आग्रह गर्दै सत्यतथ्य सूचनामा ध्यान दिन आग्रह गरिन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोभिड–१९ले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव बारेमा अवगत गराउदै आवश्यक सहयोग गर्न आग्रह गरेका थिए ।

यस्तै महासचिव रोसन पुरीले पत्रकार र सञ्चार क्षेत्रका समस्या समाधानका लागि मन्त्री थापालाई ध्यानाकर्षण गराएका थिए । महासंघले पत्रकारलाई ‘फ्रन्टलाइनर’ घोषणा गरी राज्यबाट दिने सेवा, सुविधा उपलब्ध गराउनसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति: १९:१६ बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्