Kathmandu Press

भोलिदेखि काठमाडौँमा मेलम्चीको पानीका लागि २ देखि १२ दिनसम्म कुर्नुपर्ने (तालिकासहित)

काठमाडौं, जेठ ३१ : काठमाडौँ उपत्यकाका धारामा अब २ देखि १२ दिन बिराएर पानी आउने भएको छ।प्राविधिक परीक्षणका लागि मेलम्ची खानेपानी आयोजनाको सुरुङ...
भोलिदेखि काठमाडौँमा मेलम्चीको पानीका लागि २ देखि १२ दिनसम्म कुर्नुपर्ने (तालिकासहित)

काठमाडौं, जेठ ३१ : काठमाडौँ उपत्यकाका धारामा अब २ देखि १२ दिन बिराएर पानी आउने भएको छ।

प्राविधिक परीक्षणका लागि मेलम्ची खानेपानी आयोजनाको सुरुङ खाली गर्नुपर्ने भएकाले भोलिदेखि करिब दुई महिना मेलम्चीको पानी नआउने भएको छ । मेलम्चीको पानी नआउने भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ ।

नयाँ तालिकाअनुसार काठमाडौँका धारामा २ देखि १२ दिन बिराएर पानी आउने उल्लेख छ । अहिले काठमाडौँ उपत्यकामा दैनिक उपलब्ध भइरहेको १७ करोड लिडर पानी मेलम्ची बन्द भएपछि उपलब्ध नहुने भएकाले केयुकेएलले तालिका परिवर्तन गरेको हो । काठमाडौँको महाँकालचौर, मिनभवन, अनामनगर, भक्तपुरको ठिमी, बोडे क्षेत्रमा ७ दिन बिराएर पानी आउने केयूकेएलले जनाएको छ ।

त्यस्तै बाँसबारी र पानीपोखरी क्षेत्रमा ५ दिन बिराएर, बालाजु क्षेत्रमा ९ दिन, कीर्तिपुर क्षेत्रमा २ दिन, सैँबु र ललितपुर क्षेत्रमा १२ दिन, भक्तपुर क्षेत्रमा ४ दिन बिराएर पानी आउने केयुकेएलले जनाएको छ ।

प्रकाशित मिति: १८:५४ बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्