Kathmandu Press

पूर्व सांसद अधिकारीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, जेठ ३१ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लमजुङ कांग्रेसका पूर्व सभापति एवं पूर्व सांसद हरिभक्त अधिकारीको निधनप्रति दुःख व्यक्त गरेका छन्...
पूर्व सांसद अधिकारीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, जेठ ३१ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लमजुङ कांग्रेसका पूर्व सभापति एवं पूर्व सांसद हरिभक्त अधिकारीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनको आइतबार काठमाडौंको मनमोहन मेमारियल अस्पतालमा उपचारका क्रममा ७९ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनको खबरले आफू निकै दुःखी भएको उल्लेख गर्दै कांग्रेसले एक असल नेता गुमाएको जनाएका छन् ।

कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अधिकारीले पुर्‍याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उनीप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । विसं १९९९ पुस १९ गते लमजुङको सुन्दरबजार नगरपालिका–४ (साविक दुराडाँडा गाविस चारघरे) मा जन्मेका अधिकारी विगत लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए ।

अधिकारी २०४८ सालदेखि २०५३ सालसम्म कांग्रेस जिल्ला कार्यसमिति लमजुङको सभापति थिए । पार्टीको विभिन्न तहको पदमा रही कार्य गरेका अधिकारी विसं २०५६ को आम निर्वाचनमा लमजुङ जिल्ला निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थियो ।

कांग्रेसले नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा उनले पटक पटक जेल जीवन समेत व्यतित गर्नु भएको उल्लेख गर्दै उनको निधनबाट पार्टीले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको जनाएको छ । 

प्रकाशित मिति: १८:१५ बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्